काठमाडौं : सरकारले शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले संस्कृतिविद् जोशीको निधनमा सबै सरकारी कार्यालय, सार्वजनिक संघ संस्थाहरू, कूटनीतिक नियोगहरूमा मङ्गलवार बिदा दिने निर्णय भएको बताए । यस्तै सरकारले मङ्गलवार राष्ट्रिय झण्डा झुकाउने निर्णय पनि गरेको छ ।

जोशीको १०३ वर्षको उमेरमा हिजो निधन भएको थियो । किष्ट अस्पतालमा उपचारका क्रममा जोशीको निधन भएको हो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय