
पुष्पराज खतिवडा
३ कार्तिक : बाराको जीतपुरसिमरा ९ छातापिपरामा रहेको त्रिवेणी स्पेनिङ मिल्स प्रा.लि.मा विहिबार अपराहन्न मजदुर आन्दोलित हुँदा भएको झडपमा ईलाका प्रहरी कार्यालय सिमराका डिएसपी सहित १० जना प्रहरी घाईते भएका छन् ।
भिडलाई नियन्त्रण गर्ने क्रममा प्रहरीका तर्फबाट ३४ राउण्ड अश्रुग्यास सेल, सर्ट गनबाट १ राउण्ड हवाई फायर भएको बारा प्रहरीले जनाएको छ । भने १३ थान सिलढाल फुटेको, ९ थान बेदको लाठी भाँचिएको बारा प्रहरी प्रवक्ता डिएसपी राजेश थापाले जानकारी दिए । यस्तै क्रममा ७ जना कारखाना मजदुरलाई प्रहरीले नियन्त्रणमा लिइएको छ ।


कारखानाले चाडपर्वमा समेत बोनस नदिएको भन्दै मजदुर बुधबारबाट आन्दोलित थिए । विहिबार अपराहन्न कारखाना ब्यवस्थापन र मददुर नेताहरु विच बार्त चलिरहेको थियो । बार्ता नमिलेको कारण झडप हँुदा १० जना नेपाल प्रहरी घाईते भए हुन् । एकजनाको सिमरामा उपचार भैरहेको र ८ जनाको अवस्था सामन्य रहेको डिएसपी थापाले जनाकारी दिए ।
भित्र बाता चलिरहेकै बखत बाहिर रहेका मजदुर तोडफडमा उत्रिएपछि नियन्त्रणमा खटिएको प्रहरीमाथी मजदुर जाईलाग्दा प्रहरी घाईते भएका हुन् । प्रहरी माथी जाईलाग्ने र तोडफोडमा संलग्न ७ जनालाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
कम्पनीले दशैं तिहारको बोनस नदिएको भन्दै करिब ३ सय मजदुरले प्रशासकिय अधिकृतको कोठामा बुधबार साँझबाट तालाबन्दि गरेका रहेछन् । उक्त स्थानको शुरक्षार्थ तैनाथ प्रहरीले विहिबार दिउँदो भित्र बाता चलिरहेका बेला बाहिर रहेका मजदुरलाई सम्झाउने बुझाउने काम गरिरहेकै बेला प्रहरीसँगै विवाद भयो ।
विवादपछि झडप हुँदा अश्रुर ग्यास सहितको हवाई फायर समेत गरिको हो । यसै अवस्थामा प्रहरीका जवान र आन्दोलनकारी केही समेत घाईते भएको हुन् उनले बताए ।
घाईते मध्ये प्रहरी हवल्दार श्रीराम पटेल र प्रहरी जवान सुरेन्द्र महत्तो उपचार भैरहेको छ । टाउकोमा चोट लागेका पटेलको गण्डक अस्पता बिरगजंमा र महत्तो ओठमा चोट लोको अवस्थामाग अल्पाईन अस्पताल सिमरामा उपचार भई रहेको छ । उनीहरु दुबैको अवस्था समान्य अवस्थामा उपचार भैरहेको थापाले बताए ।
कारखानाको सि.ई.ओ.र जि.एम.,प्रशासन अधिकृत लगायत ५ जनालाई प्रशासन कक्षबाट रेस्क्यु गरी ईलाका प्रहरी कार्यालय लगिउको छ भने कारखानाका ७ जना मजदुरलाई प्रहरी नियन्त्रणमा लिईएको बारा प्रहरीले जनाएको छ ।
घाईते प्रहरीहरुः–
१)प्र.ना.उ.युबराज तिमिल्सिना– दाहिने पाखुरामा चोट –सामान्य
२)प्र.नि.राज किशोर साह तेली– बाया खुट्टामा चोट – सामान्य
३)प्र.ना.नि.राजन थापा – नाकमा चोट – सामान्य
४)प्र.ह.श्रीराम पटेल – टुउकोमा चोट – सामान्य(थप उपचारको लागी गण्डक अस्पताल बिरगंज रिफर)
५)स.प्र.ह.दिपक गुरुङ – दाहिने हातमा चोट – सामान्य
६)प्र.ज.राजेश पुन मगर – बाया खुट्टामा चोट – सामान्य
७)प्र.ज. सदाम हुसेन – छातीमा चोट – सामान्य
८)प्र.ज.रुदल कु.यादब – दाहिने कुहिनामा चोट – सामान्य
९)प्र.ज.रुबोध कु.यादब – बाया कुहिनामा चोट – सामान्य
१०)प्र.ज.सुरेन्द्र महतो – ओठमा चोट – मध्यम(थप उपचारको लागी गण्डक अस्पताल बिरगंज रिफर)
प्रहरीले नियन्त्रणमा लिएका कारखानाका मजदुरहरु
१)जिल्ला पर्सा बि.म.न.पा.३२ चोर्नि बस्ने अ.बर्ष २५ को सन्जय कु.यादब
२)ऐ.ऐ.२८ बस्ने अ.बर्ष २२ को ओम प्रकास मिस्र
३) ऐ.ऐ.प्रसागढी ५ बस्ने अ.बर्ष २५ को मनोज यादब
४)जिल्ला बारा कलैया उ.म.न.पा.१६ बस्ने अ.बर्ष २५ को राजेश यादब
५)जिल्ला बारा जितपुर सिमरा उ.म.न.पा.१० बस्ने अ.बर्ष २५ को अक्लेस पाण्डे
६)ऐ.ऐ.प्रसौनि गा.पा.५ बस्ने अ.बर्ष ३० को ब्रिज किशोर साह