३ कार्तिक ,बारा:पोखरामा सम्पन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगिमा जितपुरसिमरा उपमहानगरपालिकाका २ जना चेलीले स्वर्ण पदक जितेका छन् ।
नेपाली सेनाको त्रिभुवन आर्मी क्लबको विभागिय टिमबाट प्रतियोगितामा भाग लिएकी वडा नं. १६ पिलुवाकी गंगा घिमिरे र अर्मीबाटै वडा नं.१५ डुमरवाना भारती चोककी मनमाया लामाले स्वर्णपदक प्राप्त गरेका हुन् । घिमिरे कबड्डी र लामा हक्की खेलबाट पुरस्कृत भएका हुन् ।
विहिबार भएको फाईनल खेलमा नेपाल प्रहरीलाई ३०/२३ अंकले हराउँदै आर्मीको टिमबाट गंगाले र हक्की खेलमा गण्डकी प्रदेशलाई हराउँदै लामाले स्वर्ण हात पारेका हुन् । उनीहरु दुबैले मेडल, प्रमाण पत्रसाथै नगद १५ हजार रुपैंया समेत प्राप्त गरेका छन् ।
“एकाताबद्ध देश, खेलकुदको सन्देश” भन्ने नाराकासाथ असोज २८ गतेबाट गण्डकी प्रदेशको पोखरामा जारी प्रतियोगिता आज समापन समेत भएको छ ।
अव दशौं संस्करणको राष्टिय खेलकुद प्रतियोगिता ०८१ कर्णाली प्रदेशमा र एघारौं प्रतियोगिता मधेश प्रदेश हुने जनाईएको छ ।