पुष्पराज खतिवडा
७ कार्तिक, बारा: पूर्वपश्चिम लोकमार्ग अन्तरगत जितपुरसिमरा २१ अमलेखगञ्जमा शनिबार साँझबाट मध्य रातीसम्म सवारी साधनहरुका चालकहरुको स्वास्थ्य र तीनले चालाएका सवारीको यान्त्रीक परीक्षण गरिएको छ ।

प्राविधिकहरूको सहयोगमा जिल्लामा भित्रिने र बाहिरिने ,लामो तथा छोटा दुरीका साना ठुला ५ सय ८० वटा सवारीको अवस्था र तीनका चालकको स्वास्थ्य परीक्षण गरिएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय पथलैयाका प्रमुख प्रहरी उपरीक्षक नान्तिराज गुरुंगले जनाकारी दिनुभयो ।

मधेश प्रदेशमा सवारी दुर्घटना बढिरहेको हुदाँ ट्राफिक प्रहरीले सडकमै चालकको स्वास्थ्य परीक्षण र सवारी साधनको यान्त्रिक परीक्षण गरेको हो । यसले चालकलाई रिफ्रेस बनाउनुका साथै आफुले चलाएको सवारी साधनको अवस्था र स्वमं चालकको स्वास्थ्यबारे जानकारी दिएको छ ।

यात्रुवाहक सवारी साधन चलाउने चालकको स्वास्थ्य अवस्था, यात्रुवाहक सवारी साधनको यान्त्रिक अवस्थाका बारेमा परीक्षण गर्ने र समस्या वा खरावी देखिएमा उपचारात्मक पद्धतिमा जानसुझाव दिने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको ट्राफिक प्रमुख गुरुङ्गले जानकारी दिनुभयो ।

सो क्रममा सवारी चालकले राम्रोसँग देख्न सक्छ कि सक्दैन ? ब्लड प्रेसरको चाप कस्तो छ, स्वंम चालकले चालाएको सावारी साधनको अवस्था के छ भनेर चिकित्सक सहित प्राविधिकहरुको टोलीले स्वास्थ्य जाँच र सवारी साधनको यान्त्रिक परीक्षण गरेका थिए उनले बताउनु भयो ।

यस क्रममा ३ वटा सवारी साधनलाई ट्राफिकले नियन्त्रणमा लिई तत्कालै नजिकैको ग्यारेजमा मर्मत गर्न पठाईएको थियो । यसक्रममा तिनजना चालकमा उच्च रक्तचाप, मधुमेह र ३१ जना चालकमा उच्च रक्तचाप देखिएको थियो । उच्च रक्तचाप, मधुमेह देखिएका ३ वटा सवारी चालकका ठाउँमा अर्को चालक ब्यवस्थागरी पठाईयोे ।

परिक्षणका क्रममा ३ जना चालकले मापसे गरेको पाईएपछि कारवाही गरिएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय पथलैयाका प्रमुख गुरुङ्गले जानकारी दिनुभयो ।

सडकमै स्वास्थ्य जाँच हुने गरेकाले चालकहरु समेत खुसी भए । ‘हामी अस्पताल गएर लाइनमा बस्नुपथ्र्यो तर आज सजिलो र छिटो बाटोमै जाँचियो’, चालक कृष्ण तिमल्सिनाले भन्नुभयो, ‘यो राम्रो काम हो । यसलाई निरन्तरता दिए हामी आभारी हुने थियौं।’

चालकहरुको स्वास्थ्य समस्याका कारण पनि कतिपयसवारी दुर्घटना हुने गरेका छन् । चालकले मादक पदार्थ तथा लागू औषध सेवन गर्ने जस्ता कारणले दुर्घटना निम्तीने पनि गरेको छ । सावारी साधन समयमा मर्मत नगर्ने, सवारी साधनको यान्त्रिकी परीक्षण नगरी चलाउने गर्दा दुर्घटना निम्तन सक्छ भन्दै ट्राफिक प्रहरीले सञ्चालन गरेको शिविरले फाईदा पुग्ने अर्का सवारी चालक रबिन्द्र केसीले बताउनु भयो, उहाँले ट्राफिकलाई धन्यबाद समेत व्यक्त गर्नु भयो ।

जीतपुरसिमरा उपमहानगरपालिका र नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाको संयुक्त आयोजनामा सञ्चालन भएको उक्त कार्यक्रमलाई विवेक अटोमोवाइल्स प्रा. लि छाता पिपरा, नेपाल मेडीसिटि वयोधा हसिपटल, पर्सा र नेपाल आँखा अस्पताल औराहा बाराको प्राविधिक सहयोगमा कार्यक्रम सञ्चालन भएको हो । शिविरमा चालकको आँखा परीक्षण, रक्तचाप परीक्षण, सवारी साधनको यान्त्रिक परीक्षण गरिएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय