काठमाण्डौ: आजदेखि तिहारको बिदा सुरु भएको छ । आजदेखि भाइटीकाको दिन अर्थात् आउँदो बिहीवारसम्म तिहारको बिदा छ ।
तर, धेरैजसो सरकारी कार्यालय भने आउँदो १४ गतेदेखि मात्रै खुल्ने सम्भावना छ । भाइटीकाको भोलिपल्ट शुक्रवार परेको र त्यसको पर्सीपल्ट छठ पर्व परेकाले धेरैजसो कर्मचारीहरु फर्किने सम्भावना कम छ ।
१३ गते आइतवार परेको छठ पर्वमा पनि सार्वजनिक बिदा दिइएको छ । त्यसैले धेरैजसो सरकारी कार्यालय १४ गतेदेखि मात्रै खुल्ने सम्भावना छ । काठमाण्डौ उपत्यकाका विद्यालय पनि १४ गतेदेखि नै खुल्दै छन् । मधेश प्रदेशमा छटको १४ गते पनि विदा हुने भएकाले मधेश प्रदेशका कार्यालयहरु १५ गते मात्रै खुल्ने जनाईएको छ ।