पुष्पराज खतिवडा
८ मंगलबार,बारा: लक्ष्मी पूजाका दिन बालिएका दियोबत्तिबाट सल्किएर जिल्लाका ६ ठाउँमा आगलागी भएको छ । सोमबार साँझ दियोबत्तिबाट सल्कीएर भएको आगलागीबाट घरगोठ, खाध्यान्न, लत्ताकपडा र २ लाख ५० हजार नगद सहित ९ लाख २० हजार रुपैंयाबढी क्षेती भएको तर कनै किसिमको मानविय क्षेती नभएको प्रहरीले जनाएको हो ।

सोमबार राती आदर्शकोतवाल गाउँपालिका ६ पटेर्वा टोलका नेमिलाल राउत कुर्मीका गोठघरमा मैनवतीबाट आगलागि भएको हो । आगलागिबाट गोठ भित्र रहेका बाख्रा–२, पाठा÷पाठी–४, कुखुरा–५, हाँस–३ समेत मृत्यू हुँदा कुर्मीको ७० हजार रुपैंया बराबरको क्षति भएको प्रहरीले जनाएको छ । घटना राती सवा १० बजे भएको हो ।

यस्तै राती ९: ४५ बजेको समयमा बिश्रामपुर गाउँपालिका वडा नं. १ वटन चौकका सोनालाल चौवेको फुसले छाएको खुद्रा तथा चिया पसलमा दियोको आगो सल्केर आगगलागी हूँदा ६० हजर रुपैंयाको धनमाल जलेर नष्ट भएको छ ।

सोहीदिन राती सवा ८ बजेको समयमा पचरौता नगरपालिका वडा न.०३ रामनगरका सुरज पासवानले घरमा दिपावली गर्ने क्रममा आगलागी भएको छ । आगलागिबाट घरभित्र राखिएको नगद २ दुईलाख ५० हजार र १५ हजार रुपैंयाको लताकपडा जलेर पुर्णरुपमा नष्ट भएको बारा प्रहरीले जनाएको छ ।

यसैगरी निजगढ नगरपालिका ७ रुम्बाटोल बस्ने भीम रुम्बाको गोठमा लक्ष्मीपुजाको अवसरमा बालेको मैनबत्ती सल्केर आगलागि भएको भएको छ । साँझ पौने ८ बजे भएको आगलागिमा परि रुम्बालका ३ वटा राँगा मरेका छन् । यस्तै त्यहाँ भएको पराल, कुखुराको दाना खुवाउने भाडा, कुखुराको खोर(हाल गोठ) पुर्ण रुपमा जलेको छ । आगलागीमा परि उनको अन्दाजी ४ लाख रुपैंयाको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

यस्तै गएराती जिल्लाको कलैया उपमहानगरपालिका वडा नं.२६ शिश्वामहेश्पुर बस्ने भोलावन रामको घरमा बालेको दियो सल्केर आगलागि भएको छ । दियोको आगो सल्केर रामको फुसको एक तल्ले घर ,तहाँ रहेका लताकपडा, भाडाकुडा, ना.१ब.३१५१ को पुरानो मोटरसाईकल र २ आना सुन समेत जल्दा ५० हजार रुपैंया बराबको क्षेति भएको प्रहरीले जनाएको छ ।

सोही साँझ साँढे ८ बजेको जिल्लाको कलैया उपमहानगरपालिका वडा नं.२० बसतपुरका लक्षुमण साहको किराना पसलमा बिधुत शर्ट भई आगोलागी भयो ।आगलागीमा परि पसलमा रहेको फ्रिज थान १, चामल ३ बोरा र अन्य मालसमान समेत गरी अं. ६५ हजार बराबरको क्षेती भएको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय