पुष्पराज खतिवडा
१५, कार्तिक ०७९
बारा क्षेत्र नं.३बाट प्रतिनीधिसभा सदस्य उमेदवार ज्वाला कुमारी साह सामन्य महिला मात्रै नभएको यहाँका जनता बताउँछन् । उनी त महिलाहरुका लागि बलियो सामाजिक पहिचान पनि हुन् ।

सामान्य किसान परिवारमा जन्मीएकी ज्वालाले कडा मेहनतले बनाएको पहिचान र उनले गरेका महत्वपूर्ण कार्यले महिलाहरुको शिर उचो बनाएको बताउनु हुन्छ, कलैया उपमहानगरपालिका वडा नं.१६ का गोरख प्रसाद यादव ।

गरिब किसान परिवारमा जन्मीएर दुःखमा बाल्यकाल विताएकी उनको वयस्क जीवन खाशै सुद्ख वितेको पाईदैन । १० बर्ष लामो माओवादी जनविद्रोहमा होमिएकी उनी २०६४ चैत्र २८ गतेमा पहिलो निर्वाचनबाट समानुपातिक संविधानसभा सदस्य निवाचित भएकी थिईन् ,यादव बताउनु हुन्छ ।

देशमा संविधानसभाबाट संविधान बनाएर जनताका हजारौं सपना पूरा गर्ने उनको सपना थियो । संविधान निर्माणका दौरान २०६६ सालमा तत्कालिन सरकारको भूमिसुधार तथा ब्यवस्था राज्य मन्त्रीको जिम्मेवारी पाएकी थिईन् ।

सोही अवसरमा साहले श्रीमान्श्रीमती संयूक्त लालपूर्जाको अवधारणा ल्याएकी थिईन् । यसरी लालपूर्जा बनाउँदा रजिष्टेसन शुल्कमा ५० प्रतिशत मिनाहा दिने नियम ल्याईन् । यस्तै उनकै पालमा महिलाको नाममा जग्गा रजिष्टेसन पास गर्दा २५ प्रतिशत शुल्कमा २५ प्रतिशत सम्म छुट दिने प्रावधान आएको पूर्वमन्त्री साह बताउनु हुन्छ ।

२०७२ मा संविधान जारी भएपछिको पहिलो आम निर्वाचनबाट बारा क्षेत्र नं.३ (क)बाट प्रदेशसभा निर्वाचन जितेकी साहले करिब साँढे तिनबर्षमा नै पद परित्याग गर्नु परेको थियो । एमाले माओवादीको एकताबाट बनेको (नेकपा)का विच दरार उत्पन्न हुँदा उनले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्व सरकारलाई समर्थन गरेकी थिईन् ।

सोही बेलाबाट उनी नेकपा एमालेको राजनितिमा सक्रिय हुँदै आएकी छन् । पार्टीले उनलाई पोलिटब्युरो सदस्य र मधेश प्रदेशको सह”ईन्चार्जको समेत जिम्मेवारी दिएको छ ।

उनले तीनबर्ष प्रदेशसभा सदस्य भएर काम गर्दा आफ्नो क्षेत्रमा धेरै र दिर्घकालिन महत्वका काम गरेकी थिईन् । प्रदेशसभा सदस्य भएपनि केन्द्र सरकारसँगको समन्वयमा साहले आफ्नो क्षेत्रको विकासमा धेरै मेहनत गरेको यहाँका जनता बताउँछन् ।

पसाह, बाँलगंगा खोलाले कटान गरेको कतिपय स्थानमा ड्याम निर्माण, कृषी क्षेत्र र किसानको आयश्रोत सुनिस्चीताका लागि बजार भवन निर्माणका काम भएको बारा जितपुरसिमरा १८का वेद प्रसाद न्यौपाने बताउनु हुन्छ । यस्तै सयौं किलोमिटर ग्रामिण सडक ढलान, सयौं किलो मिटर कृषि सडक ग्रावेल कार्य भएका छन् ।

कलैया उमहानगरपालिका २४का राजेश चौधरीका अनुसार पूर्वमन्त्री साहको पहलकदमीमा यसक्षेत्रका कयन शैशिक संस्थाहरुका बालबालिकाका लागि खेल सामाग्री, विद्यालयका भौतिक पूर्वाधार निर्माणमा करोडौंको सहयोग भएको छ ।

स्वास्थ्य क्षेत्रमा समेत महत्पूर्ण काम भएको वहाँको भनाई छ । कतिपय स्थानमा गर्भवती महिलाहरुको सुविधाका लागी बर्थिम सेन्टर स्थापना भए चौधरीले सुनाउनु भयो । प्रदेश सरकारबाट आउने बजेट मात्रै नभएर केन्द्र सरकारबाट समेत सहयोग जुटाएर पुल पुलपुलेसा निर्माण र योजना छनौटको परिमाण आईरहेको उहाँले बताउनु भयो ।

नेतृसाह विकास प्रेमी महिलाको पहिचान बनाउन सफल महिला हुन् । साह ०७८मा छोटो समयभएपनि कृषि मन्त्री हुनु भयो । आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनीधिसभा निर्वाचनका लागि बारा क्षेत्र नं.३बाट प्रतिनिधिसभा सदस्यका लागि नेकपा एमालेले उहाँलाई उमेदवार बनाएको छ ।

यस पटक यहाँका जनताको अभिमतले वहाँलाई लामो समय कृषि मन्त्री बनाउने निश्चीत छ । यती हुन सक्दा बारा क्षेत्र नं.३ संगै बारा जिल्लाको कृषि क्षेत्रको विकासमा महत्वपुर्ण अवसर प्राप्त गर्नेमा हामी विश्वस्त छौं जितपुरसिमरा १६ पिलुवाका हरिदेव खरेलले बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय