१६ कार्तिक ,बारा: नेकपा एमाले बाराले जितपुरसिमरा उपमहानगरपालिका वडा नं.१८ को बडहर्वा चोकमा क्षेत्र नं.३ (क)को निर्वाचन प्रचार”प्रसास कार्यालय संचालनमा ल्याएको छ । बुधबार अपराहन्न विषेश कार्यक्रमका विच नेकपा एमालेका पोलिटब्यूरो सदस्य एवं पूर्वमन्त्री पुरुषोत्तम पौडेलले कार्यालयको उद्घाटन गर्नु भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै एमाले नेता पौडेलले विकास, समृद्धि र वाहिय हस्तक्षेप नियन्त्रणका लागि एमालेले जित्नै पर्ने धारणा ब्यक्त गर्नु भयो । उहाँले एमालेले देश बनाउँछौं भन्दै भोट मागिरहेको बताउनु भयो । तर काँग्रेस, माओवादी, समाजवादीहरु एमाले हराउँछौं भन्दै भोग मागिरहेको भन्दै उनीहरुबाट विकास र समृद्धिको आसा गर्न नसकिने बताउनु भयो ।

“काँग्रेस सभापती शेर बहादुर देउवासँग विकासका कुरा छैनन् । माओवादी अध्यक्ष प्रचण्ड आगो बाल्ने कुरामात्रै गर्नु हुन्छ । माधव नेपाल आफुले नजितेपनि एमाले हराएरै छाड्ने उद्घोष गर्दै हिड्नु भएको छ । उहाँहरुसँग एमाले हराउने भन्दा अर्को कुनै उजेण्डा छैन ।” उहाँले भन्नु भयो ।

“गठबन्धनसँग देश बनाउने योजना छैन । भिजन छैन । देशलाई अस्थीरताको भुमरीमा राखेर सत्तामा रमाउने ठगबन्धनलाई भोट दिन हुँदैन । हामीलाई नेपाल र नेपालीको नभई अरुनै कसैको गुलाम बनाउन सक्छन्,” पौडेलले भन्नु भयो ।

“गठबन्धन देश बनाउन नभई एमाले हराउन भोट मागिरहेका छन् । तर एमाले हामीले गरेका काम देखाउन्दै भोलि यीयी काम गर्छौ भन्दै कसैको विरोध नै नगरी भोट मागिरहेको छ, ” उहाँले भन्नु भयो ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै एमाले पोलिटब्युरो सदस्य ,पूर्वमन्त्री एवं बारा क्षेत्र नं.३ की प्रतिनिधिसभा सदस्य उमेदवार ज्वाला कुमारीसाहले नेकपा एमाले देशको पहरेदार र विकासको संभाहक भएको बताउनु भयो ।

उहाँले भन्नु भयो, “६ महिना लामो भारतीय नाकाबन्दीको डटेर सामना गर्ने र बर्षौदेखी मिचिएको पश्चिम नेपालको भुभाग लिम्पीयाधुरा समेटेर नक्सा जारी गर्ने हिम्मत एमालेले देखायो । देशभर विकासका पूर्वाधार तयार गर्ने, जेष्ठनागरिक, बालकालिका , दलित , अपाङ्ग र अल्पसंख्यकका लागि सामाजिक शुरक्षा कार्यक्रम, गरिबलाई बास दिने कार्यक्रम एमालेका गर्वगर्न लायक कार्यक्रम हुन् ” साहले भन्नु भयो ।

देशका हितमा काम गर्न समाजवादको मार्ग फराकिलो पार्न एमालेलाई जिताउनु पर्ने भन्दै साहले मतदाता गुहार्नु भयो । “देश र जनताका हितमा काम गरेरै पहिचान बनाउन सफल नेतृत्व भएको पार्टी एमालेनै भएकाले एमालेको सुर्य चिन्हमा मतदान गर्न अनुरोध गर्दछु, ” पूर्वमन्त्री एवं उमेदवार साहले आग्रह गर्नु भयो ।

कार्यक्रममा प्रदेश क्षेत्र ३(क) ईन्चार्ज किशोर शर्मा, एमाले प्रदेश कमिति सदस्य चयन मगर, सिता सुवेदी, लक्ष्मी नेपाली, अशोक तिवारी, क्षेत्रिय ईन्चार्ज अनिल कुमार मैनाली लगायतकाले बोल्नु भएको थियो ।

कार्यक्रम क्षेत्र नं.३(क) अध्यक्ष रमेश सापकोटाको अध्यक्षता एवं जिल्ला कमिटि सदस्य पुनदेव प्रसाद रौनियारको संचालनमा सम्पन्न भएको हो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय