१६ कार्तिक,बारा: बुधबार साँझ ४ बजेको समयमा जिल्लाको निजगढ नगरपालिका वडा नं.८ का किसान राम खत्रीको उखु बारीमा आगोलागी हुँदा ५ लाख बराबरको क्षती भएको प्रहरीले जनाएको छ ।

आगोलागीको कारण खुलेको छैन । आगोलागीबाट १ बिघा उखुबाली जलेर नष्ट हुँदा अंदाजी ५ लाख रुपैंयाको क्षेती भएको छ। उखुबारीमा लागेको आगो स्थानिय, प्रहरी र निजगढ नगरपालिकाको दमकलको सहयोगमा आधाघण्टापछी नियन्त्रणमा आएको बारा प्रहरी प्रवक्ता डिएसपी राजेश थापाले जानकारी दिनुभयो ।

यस्तै आजै अपराहन्न ३ बजेको समयमा जितपुरसिमरा उपमहानगरपालिका वडा नं.७ शान्ति टोल बस्ने ऊजर देवानको घरमा अचानक आगलागी हुँदा १ लाख बराबरको क्षेती भएको छ । कुनै किसिमको मनावीय क्षेती नभएपनि आगलागीबाट घरमा रहेका अन्त लत्ताकपडा भाँडा वर्तन जलेर नष्ट भएको डिएसपी थापाले जानकारी दिनु भयो ।

देवानको घरमा लागेको आयो स्थानिए र प्रहरीको सहयोग २० मिनटमा नियन्त्रण लिईएको थियो । आगलागिको कारण भने खुल्न नसकेको उहाँले बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय