१७ कार्तिक ,काठमाडौं : राजनीतिक दलहरुले कार्तिक १७ गते , बिहीबार ( आज ) बाट प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई लक्षित गर्दै जुलुस , आमसभा र कोणसभा गर्न पाउने छन् ।

राजनीतिक दलहरुले बिहीबार ( आज ) बाट सञ्चार माध्यममा निर्वाचनसम्बन्धी सामग्री प्रकाशन तथा प्रसारण गर्न समेत पाउने निर्वाचन आयोगले जनाएको छ ।आयोगका अनुसार राजनीतिक दलहरुले आउँदाे मंसिर ०१ गतेसम्म यस्ता कार्यक्रम गर्न पाउने छन् ।

निर्वाचन आचारसंहिता , २०७९ को दफा १३ मा राजनीतिक दल , उम्मेदवार , दलको भातृ सङ्गठन तथा सम्बन्धित व्यक्तिले जुलुस , आमसभा , कोणसभा , बैठक , भेला वा निर्वाचन प्रचारप्रसार सम्बन्धी कार्य गर्दा पालना गर्नुपर्ने आचरणको व्यवस्था गरिएको छ ।

उक्त दफा १३ को ( म ) मा उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि मतदान हुने दिनभन्दा १७ दिन अघिदेखि मात्र निर्वाचन प्रचारप्रसार अन्तर्गत जुलुस , आमसभा , कोणसभा गर्न र सञ्चारमाध्यममा आफ्नो निर्वाचनसम्बन्धी सामग्री प्रकाशन वा प्रसारण गर्न सकिने व्यवस्था गरिएको छ ।

आचारसंहिता बमोजिम निर्वाचन प्रचारप्रसारका लागि आमसभा , कोणसभा गर्दा मञ्चको तयारीको लागि लागेको खर्चको विवरण सम्बन्धित उम्मेदवारले आफै वा प्रतिनिधिमार्फत मतदान सम्पन्न भएको १५ दिनभित्र निर्वाचन कार्यालयमा पेश गर्नुपर्नेछ ।

दल वा उम्मेदवारले जुलुस , आमसभा , कोणसभा , घरदैलो भेटघाट वा जुनसुकै प्रकारको -याली गर्दा बढीमा दशवटा राष्ट्रिय झण्डा प्रयोग गर्न पाउने निर्वाचन आयोगले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय