१७, कार्तिक बारा: जितपुरसिमरा उपमहानगरपालिका– १९ मा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेड इनर्वासिराको १६ औं बार्षिक साधारणसभा बिहिवार सम्पन्न भएको छ ।
संस्था परिषरमा आयोजित सभाको नगर प्रमुख राजन पौडेलले उद्घाटन गर्नु भएको हो । प्रमुख अतिथी समेत रहनुभएका पौडेलले सहकारीहरु विच एकिकरण आवश्यक भएको बताउनु भयो ।
आनुस छ्लफल गरौं । हाम्रो के सहयोग जरुरी छ, भन्नुहोस् । संख्यात्मक भन्दा गुणात्मक सहकारी निर्माणमा जोड दिउँ । त्यसकालागि एकिकरण गरेर सम्रग विकास विषयमा बहस र काम गरौं मेयर पौडेलले भन्नु भयो ।
सहकारीले सामाजिक रुपान्तरणको अगुवाई गरुन् । स्वास्थ्य शिक्षा, कृषिको रुपान्तरणका लागि बहस गरौं । सहकारीलाई स्थानिय सहकारको सहयोग केकस्तो चाहिने हो भन्नुहोस् । उहाँले भन्नु भयो ।
१ हजार ६३९ जना महिला सदस्य रहेको संस्थाले २१ करोड ४ लाख कारोबार रहेको संस्थाले ७३ लाख ९१ हजार मुनाफा गरेको जनाएको छ ।
गत आर्थिक बर्षमा गरेको मुनाफाबाट १६ प्रतिशत लाभांश ( बोनस ) बितरण गर्ने सभाले निर्णय समेत गरेको छ ।
सभाबाट आगामी ४ बर्षे कार्यकालका लागि वर्तमान संचालक समिति अध्यक्ष संजिला खातुनको अध्यक्षतामा ९ सदस्य संचालक समिति निर्वाचित गरेको छ । समितिको उपाध्यक्षमा तेतरी मण्डल ,सदस्यहरुमा रिना साह, हसबुन खातुन, अमिता मण्डल , मोहनी चौधरी , कल्पना आचार्य ,निर्मला राय र फुलमती देबि कुर्मी निर्वाचित गरिएका छन् ।
सभाले अध्यक्ष संजिला खातुनको संस्थागत , दुर्गा ढकालको आन्तरिक लेखा परिक्षण प्रतिवेदन तथा मुख्य प्रवन्धक झपेन्द्र राज बरालको बार्षिक प्रगति प्रतिवेदन तथा आगामी कार्यक्रम र बजेट सुझाव सहित पारित गरेको छ ।
कार्यक्रममा साना किसान कृषि सहकारी संघ बाराका अध्यक्ष मिश्रिलाल सहनी, सहकारी पत्रकार समाज बाराका अध्यक्ष पुष्पराज खतिवडा , जितपुरसिमरा १९ का अध्यक्ष दिपेन्द्र बहादुर क्षेत्री, साना किसान सहकारी संस्था डुमरवानाका अध्यक्ष बिस्वनाथ लामिछाने , मनहर्वा अध्यक्ष नयनकला खड्का , भोडहाका बिन्दा शिंह, फत्तेपुरका जयकिसुन प्रसाद चौधरी , सपहि बाराकी अध्यक्ष अस्तुर्नी चौधरी लगायतको सहभागिता थियो ।