पुष्पराज खतिवडा
१९ कार्तिक,बारा:
बाँदर आतंक बढेपछी बारा जितपुरसिमरा उपमहानगरपालिका १६ डकाहा र १८ को माथ्लो बडहर्वाका किसान चिन्तामा परेका छन् । वन क्षेत्रबाट सराई पसेर बाँदरले बालि नष्ट गर्न थालेपछी किसान चिन्तामा परेका हुन् ।

उपमहानगरको उक्त वडाहरुभै बग्ने मौवा पैनी किनारका बाँस पिठारी लगायतका रुखहरुमा बसेर आसपासको बालि बाँदरले नोक्सान गर्ने गरेको बडहर्वाका किसान शम्भु वाईवाले बताए । उनका अनुसार बाँदरले धान, मकै, मास र उखुबाली खाएर नोक्सान गर्ने गरेको छ ।

“मैले ५ कठ्ठामा मास अगाएको थिँए । एकगेडा भित्¥याउन पाँईन । मकै रोपेर उम्रिन के लागेको छ । उखालेर विरुवाको गुवा खाएर हैरान पारेको छ । विहान र बेलुकी कामनै बाँदर धपाउने भएको छ, ” वाईवाले दुखेसो सुनाए ।

सोही स्थानका अर्का किसान तिलक बहादुर गरुङ्गले सोही गुनासो गरे । “दुख गरेर लगाएको बालि बाँदरले घर ल्याउन नदिने भो । के गर्नु होला । एकदिन हैन दुईदिन हैन ।

जंगलबाट खेलका सराई छिरेका बाँदरले तनाव बनायो । फूल्न आँटेको धानको गुवा तानेर खाने, मकैको विरुवा नै उखालेर खत्तम् पारे । विरुवा जोगान नै हम्मे छ । बाँचेका विरुवापनि भाँचिदिने । सुत्ला च्यात्ने गर्दा लाखौंको बालि बाँदरले नष्ट गरिरहेको छ,” उनले सुनाए ।

अन्त अन्त त बाँदर धपान स्थानिय सरकारले मेशिन दिने गरेको सुनेका छौं । तर हामीलाई कल्ले दिनु । कहाँ पाईन्छ । त्योपनि थाहा छैन । गुलेली चलाउँदा बाँदरले टेर्दैन । मेशिनकको आवश्यक्ता भयो ,बाँदर पिडीत किसान शिव कुमार कार्कीले गुनासो गरे ।

अति नै भो आहार खोज्दै खेतबालिमा सम्म आउने बाँदर किसानका लागि रोग बनिरहेका छन् । पैनी किनारका रुखहरु बाँसघारीहरुमा बस्ने र दिनभरी बालि खाने बाँदरको बथानले यहाँका सयौं किसान हैरान छन् , कार्कीले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय