१९ मनहर्वा,बारा: जितपुरसिमरा उपमहानगरपालिका १६ का पूर्व वडाअध्यक्ष पिलुवा निवासी केदारनाथ बजगाँईलाई पितृ शोक परेको छ ।

उहाँका बुवा ७७ बर्षिय पशुपती प्रसाद बजगाँईको सुक्रबार दिउँसो पिलुवा स्थति आफ्नै घरमा निधन भएको हो । स्वर्गिय बजगाँई एकबर्ष देखी विभिन्न शारिरिक समस्या भई उपचारत हुनुहुन्थ्यो । वहाँको सुक्रबार नै पसाह खोलामा अन्तीम संस्कार गरिएको वर्तमान वडा अध्यक्ष हरिदेव खरेलले जानकारी दिनु भयो ।

स्वर्गिय बजगाँईको अन्त्यष्ठीमा एमाले नेता एवं पूर्वमन्त्री पुरुषोत्तम पौडेल,जितपुरसिमरा उपमहानगरपालिकाका मेयर राजन पौडेल, बारा क्षेत्र नं.३ नेकपा एमाले उमेदवार पूर्वमन्त्री ज्वाला कुमारी साह, प्रदेशसभा उमेदवार रबिनदास श्रेष्ठ, बाम लोकतान्त्रीक गठबन्धनको प्रदेशसभा उमेदवार मुकेश साह लगायतको सहभागिता रहेको थियो ।

स्वर्गिय बजगाँईका पत्नी, २ छोरा, २ छोरी र नातीनातिना हुनुहुन्छ । उहाँ अगुवा किसान हुनुकासाथै समाजिक ब्यक्तित्व समेत हुनुहुन्थ्यो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय