१९ कार्तिक,बारा: देवताल गाउँपालिका नेकपा (एकीकृत सामाजवादी) पार्टीको सिंगो पालिका कमिटि एमालेमा समाहित भएको छ ।
शनिवार देवताल गाउँपालिकामा नेमपा एमालेले आयोजना गरेको पार्टी प्रबेश कार्यक्रम मार्फत एकीकृत समाजवादीका पालिका अध्यक्ष ध्रुप तिवारी ,उपाध्यक्ष रामविनय यादव र रामजान मिँया सहित ५१ जनाको सिंगो टिम एमालेमा समाहित भएको हो ।उहाँहरुलाई नेकपा एमाले पार्टीका पोलिटब्यूरो सदस्य एवं पूर्वमन्त्री पुरुषोतम पौडेलले टिका लगाएर पार्टीमा स्वागत गर्नुभएको हो ।
पार्टी प्रवेश गर्नेहरुमा एकीकृत समाजवादीका ४ नं. वडाका पार्टी कमिटी अध्यक्ष राजकिशो पण्डित सदस्य नागेन्द्र रामनन्दु पण्डित, मेरोलाल साह ,अजय पण्डित, उपेन्द्र साह बिनोद पासवान ,हरेराम राम, रामश्रेठ सिह ,गणेश साह, सुखल पण्डित ,रामअयोधया पण्डित, राजदेव पण्डित ,भुखल साह लगायत ५१ जना एकिकृत सामाजबादी पार्टी परित्याग गरी एमाले प्रवेश गरेको ध्रु्रव तिवारीले जानकारी दिए । कमिटिका सुचिव मुक्ति सहनी यसअघिनै एमाले प्रवेश गरिसक्नु भएको छ ।
“नेकपा (एकीकृत समाजवादी)पार्टी नभई बदमासहरुको गुट हो । त्यहाँ कुनै राजनैतिक चेत र संस्कार भएका नेता देखिएनन् । देश हितभन्दापनि ब्यक्तिगत स्वार्थले भरिएको मनपरितन्त्र चलाउने अखडा हो । नेताहरुको पार्टी चलाउने शैली मन नपरेपछी सिंगो पालिका कमिटी सहित एमालेमा प्रवेश गरेका हौं,” एमाले प्रवेश गरेका तिवारीले बताउनु भयो ।
विकास, समृद्धि अनी जनताको सर्वोपरि हितमा काम गर्ने भिजनेबल पार्टी एमाले मात्रै भएकाले प्रवेश गरका हौं, उनले सुनाउनु भयो ।