२१ कार्तिक ,बारा :विपक्षीले एमाले नेतृ ज्वाला कुमारी साहले प्रदेशसभा सदस्य भएका बखत केही काम नगरेको भनी आरोप लगाई रहेका बेला साहले भने ४५ करोडबढी रकम आफ्नो क्षेत्रमा खर्च गरेको प्रमाण संचार माध्यमलाई उपलब्ध गराउनु भएको छ ।

नेकपा एमाले पोलिटब्युरो सदस्य समेत रहनु भएकी साहले मधेश प्रदेससभा करिब साँढे ३ बर्ष काम गरिन् । उक्त समयमा आफ्नो निर्वाचन क्षेत्र नं.३ (क)मा ४५ करोड बढीको काम गरेको दावी गर्दै प्रमाण प्रमाण समेत पेश गर्नु भएको हो ।

प्रदेशसभा सदस्यको नाताले प्रदेश मार्फत पहिलो बर्ष १० लाख दोस्रा बर्ष १ करोड पचास लाख र तेस्रोबर्ष ३ करोडको बजेट संचालनको जिम्मा पाएकी साहले बारामा प्रदेश र संघ सरकारसँगको समन्यवमा धेरै काम गर्न सकेको बताउनु भयो ।

“राज्यले प्रदेशसभा सदस्यलाई पहिलोबर्ष आ.व.०७४।०७५ १० लाख, दोस्रो बर्ष २०७५।०७६ मा १ करोड ५० लाख र आर्थिक बर्ष ०७६।०७७ मा ३ करोड र प्रतिनिधि सभा सदस्यलाई ५ करोड बजेट रकम संचालनको जिम्मा दिएको थियो । ”

“हामीले तीन बर्षको बजेट संचालन गर्ने मौका पाएका थियौं । अधिकारका हिसावले ४ करोड ६० मात्रै पाएका हौं । तर प्रदेशका विभिन्न मन्त्रालय र संघ सरकारसँगको समन्वयमा झण्डै ४० करोड बढी बजेट आफ्नो क्षेत्रमा खर्च गर्ने मौका पाएका हौ,” साहले भन्नु भयो ।

अनुभव र श्रोतको जानकारी भएकाले यो अवसर जुटाउन हामीलाई सहज भएको हो । हाम्रो तुलना विपक्षी सांसदहरुले विसक बजेटको जोहो गर्न सकेनन् । म दावा गर्छु ,उहाँले भन्नु भयो ।

जनताले यस पटक दिने अवसरको ५ बर्षे कार्यकाल यस यसक्षेको विकास र समृद्धिका लागि सुम्पीने बाचा समेत गर्दछु पूर्वमन्त्री साहले भन्नुभयो ।

कृषि क्षेत्रको विकास , सडक संजाल, उद्योग स्थापना गरी रोजगारी र नदि कटान नियन्त्रण पहिलो प्राथमिकतामा पर्ने छन् । यसका साथै शिक्षा ,स्वास्थ, खानेपानीको सहजता पनि हुन् उहाँले भन्नु भयो ।
यसैगरी सुकुम्बासी तथा भुमिहिनका समस्या, यूवा ,महिला, दलितका समाधान समाधानमा समेत प्राथमिकता रहने साहले बताउनु भयो ।

आफ्नो कार्यकालमा बारा क्षेत्र नं.३(क)मा गरेका भएका मुख्य कामको फेयरिस्त यस प्रकास बताउनु भएको छ । यहाँ उल्लेख भए बाहेकका अझ धेरैकाम गरेका छौं । कतिपयका कागजात फेला पर्न सकेका छैनन् , साहले भन्नुभयो ।

साहले संचालन गर्नु विकास खर्चमा भएका र संचालित कार्यहरु यस प्रकार छन् :
१. डुमरवाना कलेज भवन निमार्ण कार्य ६० लाख ।

२. जितपुरसिमरा उपमहानगर–१८ स्थित शंकर चौक देखि सखुई सम्म ५ करोड लागतमा ५ किलोमिटर कालोपत्रे कार्य बहुवर्षे योजना मार्फत ।

३. कुसमाडी, लामीडाँडा स्थित पसाह खोला नियन्त्रणको लागि तटवन्ध कार्य ९० लाख र ६० लाख गरी कुल १ करोड ५० लाखमा कार्य सम्पन्न । यसले जनधनको क्षति न्युन गरेको छ ।

४. खम्वा, सोनरनिया स्थित पसाहखोला नियन्त्रणको लागि तटवन्ध कार्य २५ लाख । यसले जनधनको क्षति न्युन भएको छ ।

५. पिलुवा स्थित पसाह खोला नियन्त्रणको लागि तटवन्ध कार्य ४० लाखमा सम्पन्न । यसले जनधनको क्षति न्युन भएको छ ।
६. बालगंगा नदी नियन्त्रणको लागि तटवन्ध कार्य २५ लाखमा सम्पन्न । यसले जनधनको क्षति न्युन भएको छ ।

७.सुकलैया स्थित बालगंगा नदी नियन्त्रणको लागि तटवन्ध कार्य ७० लाखमा सम्पन्न । यसले जनधनको क्षति न्युन भएको छ ।

८. कलैया उपमहानगरको खम्वामा ८० लाख लागतमा डिपबोरिङ्घ संचालनले ८० बिगहा सिचाई कार्यको साथै कृषिकलाई ठुलो मदत भएको छ ।

९. रामनगर स्थित जमुना टोलमा डिप बोरिङ्घ संचालनले ८० बिगहा सिचाई कार्यको साथै कृषकलाई ठुलो मदत भएको छ ।

१०. पिलुवा स्थित डिप बोरिङ्घ संचालनले ८० बिगहा सिचाई कार्यको साथै कृषिकलाई ठुलो मदत भएको छ ।

११. कचौरामा डिप बोरिङ्घ संचालनले ७५ बिगहा सिचाई कार्यको साथै कृषिकलाई ठुलो मदत भएको छ ।

१२. पैनीटोलमा डिप बोरिङ्घ संचालनले ७५ बिगहा सिचाई कार्यको साथै कृषिकलाई ठुलो मदत भएको छ ।

१३. पिलुवा वर्थिङ्घ सेन्टर उदघाटन भइ निमार्ण कार्य भइरहेको लागत १ करोड २० लाख भइरहेको छ । स्वास्थ क्षेत्रमा लगानी ।

१४.जैतापुरमा २५ लाख लागतमा कृषि बजार सेड निमार्ण सम्पन, कृषकको उत्पादन बजार सम्म, व्यवस्थितपनि भएको छ ।

१५. राजघाटा देखि मौलापुर जोडने कालोपत्रे सडक १ करोड लागतमा । यातायातमा सहज ।

१६. सुन्दरपुर बस्ति देखी पानीटण्की जानेबाटो १ करोड लागतमा ढलान कार्य सम्पन्न । यातायातमा सहज ।

१७. पिलुवा जाने बाटो ढलान कार्य ५० लाख लागतमा सम्पन्न ।

१८. सोनरनिया दलित विधालय १० लाख लागतमा भवन निमार्ण कार्य सम्पन ।

१९. बिजुलपुरमा मन्दिर निमार्ण सम्पन्न १० लाख ।

२०. पिलुवामा महादेव मन्दिर १० लाख लागतमा सम्पन्न ।
२१. जितपुरसिमरा उपमहानगर १२ स्थित गणेशको घरदेखि दक्षिण कृषि सडक निमार्ण १५ लागतमा सम्पन्न ।

२२. जितपुरसिमरा उपमहानगर १६ स्थित सिधेश्वर मन्दिरको भौतिक निमार्ण कार्य १० लागतमा सम्पन्न ।

२३. जितपुरसिमरा उपमहानगर १२ स्थित ब्रमकुमारी राजयोग सेवाकेन्द्रमा भौतिक निमार्ण कार्य १० लागतमा सम्पन्न ।

२४. जितपुरसिमरा उपमहानगर १६ स्थित जनजागृति मावि भवन निमार्ण ३५ लाखमा निमार्ण कार्य सम्पन्न ।

२५. कलैया उपमहानगर १ स्थित श्री ३ चन्द्रमा कम्पाउन्ड वाल निमार्ण २० लाख लागतमा सुन्गुर, फोहर नियन्त्रण र बच्चाहरुको सुरक्षा भएको छ ।

२६. कलैया उपमहानगर २७ स्थित अधुरो मोक्तम भवनको भौतिक निमार्ण २० लाख लागतमा सम्पन्न ।

२७. जितपुरसिमरा उपमहानगर १२ स्थित पिपरिया समुदायिक टोल देखि सिमरीपुल जाने बाटो ग्रेभलिङ्घ कार्य १० लाखमा निमार्ण सम्पन्न ।

२८. कलैया उपमहानगर १ स्थित ब्रमकुमारी राजयोग सेवाकेन्द्रमा भौतिक निमार्ण कार्य १५ लागतमा सम्पन्न ।

२९. कलैया उपमहानगर २१ स्थित सिकारी मियाको घरदेखी दक्षिण जाने बाटो २६ लाखमा निमार्ण सम्पन्न ।

३१. बारा निर्वाचन क्षेत्र नम्बर ३ को क मा भरीमा चपाकल जडान कार्य १० लाख लागतमा सम्पन्न ।

३२। कलैया उपमहानगर ४ स्थित कलैया युवा विकास कल्बमा खेलकुद सामाग्री खरिद तथा प्रदान १५ लाख लागतमा ।

३३. जितपुरसिमरा उपमहानगर १५ स्थित १० शिव मन्दिर निर्माण ।

३३. जितपुरसिमरा उपमहानगर १६ शिव मन्दिर १० लाख शिव मन्दिर निर्माण ।

३४. साना किसान कृषि सहकारी कृषि कार्यक्रमका लागि १० लाख ।

३५. डुमरवाना स्थीत सप्तरंगी बचत तथा ऋण सहकारी भवन निर्माणका लागि १५ लाख ।

३५. रजघट्टा मौलापुर पंचबर्षिय योजना अन्तगर १ किलो मिटर सडक कालोपत्रे १ करोड ।

३६. सुन्दरबस्ती सडक ढलान ६० लाख ।

३७, जैतापुर बजार सेड निर्माण २५ लाख ।

३८. श्री नेरामावी मनहर्वा बालबालिका बाल उद्यान ८ लाख ।

३९. भोडाहा र मटेरियामा सडक ढलान ७० लाख ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय