२१ कार्तिक ,बारा: प्रहरीले बिषेश सूचनाको आधारमा आईतबार २५ केजी अबैध गाँजा सहित एकजनालाई पक्राउ गरेकोमा सोमबार सार्वजनिक गरेको छ ।

आईतबार राती ९ बजेको समयमा ईलाका प्रहरी कार्यालय निजगढले निजगढ नगरपालिका वडा न. १२ बारथली बस्ने ५८ बर्षका प्रेम बहादुर लोलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

लो सहित ३ जना व्यक्तिले मकवानपुर तर्फबाट बोकी ल्याउँदै गरेको लागू औषध गाँजा सहित उनी पक्राउ परेका हुन् । बोरामा गाँजाबोकी आउनेक्रमा प्रहरीलाई देख्ना साथ बोरा फाली तीनैजना भागेका थिए ।

भाग्ने क्रममा उनलाई मात्रै प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेका लो सहितले बोकी आएको ३ वटा बोरामा क्रमश ७,७ र ११ किलो गरी जम्मा २५ किलो ग्राम लागू औषध गाँजा बरामद भएको बारा प्रहरी प्रवक्ता डिएसपी राजेश थापाले जानकारी दिए ।

पक्राउ परेका लोलाई जिल्ला अदालत बारामा लागू औषध मुद्दामा म्याद थप गरीएको छ । यस्तै फरार रहेका २ जना व्यक्तिहरूको पहिचान गरी पक्राउ गर्न अनुसन्धान कार्य भइरहेको डिएसपी थापाले जानकारी दिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय