
नमराज घिमिरे
२१ कार्तीक , बारा: गठबन्धनको जित मात्रै देश विकासले गती लिने नेपाली काँग्रसका प्रवक्त डा. प्रकाश शरण महतले बताउनु भएको छ । सोमबार बाराको सिमरामा आयोजित पत्रकार सम्मेलनमा गठबन्धनले चुनाव जित्ने दावी गर्दै उनले देश विकासले गती लिने गठबन्धनका उमेदवारले जित्नै पर्ने बताए ।
विदेशिनुपर्ने बाध्यता हटेर आगामी ५ वर्ष भित्रमा साँढे बाह्र लाख युवालाई रोजगार दिने दावी गरे । “संविधानको रक्षा, स्थिायीत्व र संमृद्धी” भन्ने नारा लिएर जनता माझ पुगेका गठबन्धनका उम्मेदवारलाई जनताले निराश नबनाउने भन्दै स्थानिय निर्वाचनको नतिजाले सोको संकेत गरिसकेको दावी गरे । निर्वाचन लक्षित मधेश प्रदेश भेलामा सहभागि हुन सिमरा आएका नेता महतले ढुक्क भई गठबन्धनको जितका लागि जुट्न कार्यकर्तालाई आग्रह गरे ।


एमाले अध्यक्ष ओलीको कारणले गर्दा गठबन्धन सरकार जन्मिएको भन्दै महतले बोलीमा मात्रै विकास हुने केपि ओली बारे जनता जानकार भैसकेकाले अव गठबन्धनलाई जितनाउनु बाहेकको विकल्प नरहेको महतले बताएका छन् । ओलीको बोली मात्रै ठुलो तर काम शुन्य बराबर भएको कुरा एमालेलाई पार्टीलाई एक ढिक्को राख्न नसक्दा टुक्रा परेको आरोप लगाए ।
उनले भने “तोड्नेहरुलाई छोडेर जोड्ने प्रयासमा जुट्नुको प्रतिफल गठबन्धन हो । हाम्रो साझा प्रतिबद्धता मै पुर्वीय संस्कृती र सभ्यता सहित विज्ञानमा आधारित आध्यात्मलाई प्रमोट गर्ने उल्लेख छ । यसैका आधारमा आम नागरिकलाई समृद्धीको बाटोमा जोड्ने छौं ।”
नेपाली काँग्रेस मात्रै काम गर्ने पार्टी भएको बताउँदै महतले छिट्टै वृद्ध भत्ता पाउने उमेर ६५ वर्षमा झार्ने तयारी भइरहेको जानकारी गराए । अहिलेको कमि कमजोरीलाई आवस्यकता अनुसार परिमार्जन गर्दै संविधानको रक्षा गर्न पनि गठबन्धनले जित्नै पर्ने भएको दावि गर्दै उनले गठबन्धनले जितेरै देखाउने ठोकुवा गरे ।