राजु साह
२१ कार्तिक बारा: निर्वाचन क्षेत्र नम्बर ३ लाई विकासको मुलधारमा ल्याउने पुर्व कृषि मन्त्री तथा प्रतिनिधि सभा सदस्य एमाले उम्मेदवार ज्वाला कुमारी साहले बताएकी छन । मंसिर ४ मा हुने निर्वाचनको घरदैलो कार्यक्रममा रहेकी साहले यस क्षेत्रलाई विकासको मुलधारमा जोड्ने बताईन् ।
नेताहरुले असल समन्वयकारी भुमिका निर्वाह नगर्दा यस क्षेत्रमा विकास भएन, अब म गरेर देखाउने छु , साहले भनिन् । साढे ३ वर्षे कार्यकालमा प्रदेश सरकारले ४ करोड ६० लाख मात्र बजेट दिएपनि आफुले निर्वाचन क्षेत्र नं.३ (क) मा ४५ करोड बढीको काम गरेको बताइन ।
असल समन्वयकारी भुमिकाको कारण केन्द्र र प्रदेश सरकारसंग ४० करोड बजेट लिई विकास गरेको र यो असल समन्वयको जिवन्त उदाहरण भएको बताइन ।
देशैभरी एमाले प्रति जनलहर बढेको कारण मंसिर ४ एमाले अध्यक्ष ओलीको नेतृत्वमा सरकार गठन हुने बताईन् । सरकार पनि एमालेको, प्रतिनिधि पनि एमालेकोे हुदाँ यो क्षेत्रको विकास कस्ले रोक्न सक्छ साहले भनिन् ।