राजु साह
२२ कार्तिक ,बारा: बाबुराम भट्टराईको सरकारमा साढेचार महिनाको भुमिसुधार राज्यमन्त्री हुदाँ ज्वाला साहले बाराको कलैया स्थित मालपोत कार्यलय र नापी कार्यलयको नयाँ भवनको लागि बजेट विनियोजन गरेकी थिइन् ।
जिर्ण तथा भाडाको भवनमा कामकाज गर्दै आएको मालपोत तथा नापी कार्यलय कलैया पुर्वमन्त्री साहकै कारण मुहार हाल नयाँ भवनबाट सेवा दिन सफल भएको हो ।
राज्यमन्त्री हुदाँ साहले करिब ५ करोडको बजेट विनियोजन गराउन सफल भएकी थिइन् । जस्का कारण मालपोत तथा नापी कार्यलय बाराले सुविधा सम्पन्न भवनबाट सेवा दिन सफल भएको हो । साहले कागजी प्रकृया द्रुत गतिमा गर्न तत्कालिन प्रशासकिय अधिकृत जयकान्त झालाई बोलाएर सो काम सफल भएको साहले बताईन् ।
जिर्ण र अव्यवस्थित कार्यलयको कारण विगतमा कयौं महत्वपुर्ण कागजातहरु नष्ट भएका थिए । यससँगै सर्पको बिगबिगि रहेने कार्यालय जिर्ण हुँदा बर्षायाम कर्मचारी र सेवाग्राहीले सास्ती भोग्नु पर्ने समस्या भोग्नु पर्ने बाध्यता थियो ।
पानी पर्दा बेहाल हुने गरेको अवस्था थियो मालपोतमा लेखापढी गर्दै आएका प्रतिक पराजुलीले बताए । कर्मचारीसँगै सेवाग्राही, नेखापढी ब्यवसायी नयाँ भवन बनेसंगै सन्तुष्ट छन् उनले बताए ।
लेखापढी कानुन व्यवसायी संघका अध्यक्ष बृजकिशोर यादव“भगतजी” ले मालपोत तथा नापी भवन ल्याउन तत्कालिन भुमिसुधार राज्यमन्त्री ज्वाला कुमारी साह, सासंद प्रमोद कुमार गुप्ता, कार्यलय प्रमुख जयकान्त झा लगायतको महत्वपुर्ण योगदान रहेको बताए ।
दैनिक हजारौ सेवाग्राहीको चाप हुने मालपोत तथा नापी कार्यलय क्षेत्रमा ज्वाला साहको चर्चाले अन्य उम्मेदवारलाई त्रसित बनाएको छ । बारा निर्वाचन क्षेत्र नम्बर ३ मा मुख्य प्रतिस्पर्धामा नेकपा एमालेकी ज्वाला साह, बाम लोकतान्त्रिक गठबन्धनका लालबाबु सिंह र जसपाको रामबाबु यादव बीच देखिए पनि चर्चामा पूर्वमन्त्री समेत रहेकी साह छिन्, भगतवीले बताए ।
बारा जिल्लाकै सर्वाधिक कागजी कामकाज हुने मालपोत नापी क्षेत्रमा साहको चर्चाले मतमा धेरै असर गर्ने सेवाग्राही मुकेश पटेलले बताए ।