२४ कार्तिक, सिमरा : बारा क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्य उम्मेदवार ईच्छाबहादुर वाग्लेले विहिबार सिमराको बजार क्षेत्रमा घरदैलो तथा मतदाता भेटघाट गरेका छन् ।
नेपाली काँग्रेसले पाँच दलीय गठबन्धनका नाममा बारा ४ लाई काँग्रेस विहीन बनाएपछि रुष्ट हुँदै स्वतन्त्र उम्मेदवारी दिएका वाग्लेको पक्षमा काँग्रेस नेता, कार्यकर्ता र समर्थकहरु खुलेरै लाग्न थालेका छन् ।
यसअघि मौन समर्थन गरेका कतिपय काँग्रेस नेताहरु समेत वाग्लेको चुनावी कार्यक्रममा सहभागि हुने क्रम बढेको छ । काँग्रेस बाराका जिल्ला कार्य समिति सदस्य हरि थपलिया, क्षेत्रीय प्रतिनिधि शुशिल ढोंडारी लगायतका नेता कार्यकर्ताहरु वाग्लेको चुनाबी कार्यक्रममा सकृय देखिएसंगै वाग्लेको चुनाब यात्रा थप रोचक बन्ने देखिएको छ ।
वाग्लेको पक्षमा जनमत बढ्दै गएपछि बारा ४ मा काँग्रेस नेतृत्वको बाम लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार रहेका एकिकृत समाजवादीका कृष्णकुमार श्रेष्ठ र एमाले उम्मेदवार एकबाल मियाँ सहित त्रिपक्षीय प्रतिष्पर्धा रोचक बन्ने देखिएको छ ।