२४ कार्तिक, बारा: क्षेत्र नम्बर ३ मा सता गठबन्धनका साझा उम्मेदवारहरुले घरदैलो, मतदाता भेटघाट कार्यक्रमलाई तीव्रताका साथ अघि बढाइरहेका छन् ।

प्रतिनिधि सभाका उम्मेदवार लालबाबु सिंह र प्रदेश सभाका उम्मेदवार मुकेश साहले संयुक्त रुपमा बाराको ३ (क) मा र सिंह सहित प्रदेश सभा (ख) मा जयचन्द्र चौरसियाले संयूक्त रुपमा घरदैलो तथा मतदाता भेटघाट कार्यक्रम अघि बढाईरहेका छन् ।

बाम लोकतान्त्रिकको साझा गठबन्धनबाट बारा ३ मा प्रतिनिधि सभा तर्फ लोकतान्त्रिक समाजवादी पार्टीका लालबाबु सिंह, प्रदेश९क०मा माओबादी केन्द्रका मुकेश साह र प्रदेश (ख) मा नेपाली काँग्रेसका जयचन्द्र चौरसिया साझा उम्मेदवार रहेका छन् ।

संविधान सभा सदस्य समेत रहेका सिंह नेपाली काँग्रेस बाराका पूर्व सभापति हुन् । उनी आसन्न निर्वाचनको दिनमात्र लोसपा प्रवेश गरि साइकल चुनाब चिन्हबाट चुनाब लडेका हुन् । उनलाई काँग्रेसको पूर्ण समर्थन रहेकाले यो क्षेत्रमा उनी बलिया दाबेदार मानिएका छन् ।

माओबादी केन्द्रका कलैया उपमहानगर अध्यक्ष समेत रहेका प्रदेश सभा९क का उम्मेदवार मुकेश साह आफ्नो क्षेत्रमा बलियो पकड भएका यूवा नेता हुन् । यस्तै नेपाली काँग्रेस बाराका निवर्तमान सभापति समेत रहेका जयचन्द्र चौरसिया बाराका लोकप्रीय नेता हुन् ।

गठबन्धनका साझा उम्मेदवारहरु सबैको जित निकाल्ने गरि मेहनत भइरहेको र मतदाताकहाँ पुग्ने कार्य जारी रहेको नेपाली काँग्रेस बाराका उपसभापति मनोज भट्टले जानकारी दिनुभयो ।

चुनाबी अभियान अन्तर्गत शुक्रबार जीतपुरसिमरा उपमहानगरपालिकाको १२, १४, १६ र १८ मा सम्पर्क कार्यालय स्थापना गरेको गठबन्धनले शनिवार मा सम्पर्क कार्यालय स्थापना गरेको गठबन्धनले शनिवार विहान कलैया उपमहानगरपालिकाको दोहोरीमा घरदैलो तथा मतदाता भेटघाट कार्यक्रम सम्पन्न गरेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय