नवराज घिमिरे
२५ कार्तीक , बारा: ब्रम्हाकुमारी राजयोग सेवा केन्द्र सिमराले साधनाद्धारा संस्कार परिवर्तनका लागि गहन योग कार्यक्रम शुक्रबार बाराको सिमरामा सम्पन्न गरेको छ । संस्कार परिवर्तनका लागि साधना आवस्यक पर्ने विषयलाई मध्ये नजर गर्दै केन्द्रले योग कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा नेपालको ७० जिल्ला सहित भारत भर योग सिकाएर जिवनशैलिमा परिवर्तन गराउन सफल भएका केन्द्रको मुख्यालय माउन्ट टावुका ब्रम्हाकुमार भगवान भाइ जी ले साधना र संस्कार विचको सम्बन्ध बारे प्रकाश पारेका थिए । उनले संस्कार विनाको जिवन कुरुप र व्यर्थ हुने बताउँदै सुन्दर जिवनका लागि संस्कार अँगाल्नु पर्ने बताए ।

संस्कारका लागि साधना अपरिहार्य रहेको तर्क प्रस्तुत गर्दै भगवान भाइ जि ले पाँच वटा विषयलाई विषेश ध्यान दिन उत्प्रेरित गराए । उनका अनुसार सु संस्कारका लागि सकारात्मक सोच राख्ने, जे भयो त्यो राम्रै भयो भन्ने वानीको विकास गर्ने, मनको आँखा सफा बनाउने, रिसलाई भुल्ने र नियमित मेडिटेसन योग गर्न सके तनावबाट मुक्ती मिल्ने र जिवन पथ संस्कारमय हुन्छ ।

आफ्ना अभावमय संघर्षका अनुभव सहित विभिन्न उदाहरण दिएर साधना र संस्कार बारे बुझाउँदै उनले सहभागिहरुलाई योग अभ्यास गराएका थिए ।

कार्यक्रमलाई प्रमुख अतिथीका रुपमा सम्बोधन गर्दै संविधान सभा सदस्य डा.शोभाकर पराजुलीले साधनाकै अभ्यासले आफ्नो जिवनमा सोचेभन्दा राम्रो परिवर्तन आएको बताए । उनले ब्रम्हा कुमारी राजयोगको केन्द्रिय कार्यालय माउन्ट टाबु जाने अवसर जुटेसँगै महसुस हुने गरि सहनशिलता र धैर्यताको मात्रा बढेको दावि गरे । उनले योगले मन शान्त र जिवन आनन्द बनाउने भन्दै सबैले योगलाई साथि बनाउनुपर्नेमा जोड दिए ।

सिमरा केन्द्रकी प्रमुख मधु दिदिको अध्यक्षतामा भएको कार्यक्रममा क्षेत्रीय प्रमुख रविना दिदि, समाजसेवी मदन बहादुर क्षेत्री, सञ्चारकर्मी लक्ष्मी खरेल लगाएत ५० जनाको सहभागिता रहेको रहेको कार्यक्रम प्रमेश्वर भाईजीको संचालनमा सम्पन्न भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय