२६ कार्तिक ,पिलुवा : बाराको पिलुवा स्थीत शान्ति बाटिकमा यूवायूवतीका अस्लील हर्कत टाउको दुखाई भएको संरक्षकले बताएका छन् । अस्लीत हर्कत गर्न खोजे कार्वाही हुन भएको छ ।
परिचित ,अपरिचि यूवायूवतीहरु पार्कमा पसेर असभ्य गतिविधि गर्दा पार्कको गरिमामा आँच आउन सक्ने भन्दै पार्कका शंरक्षक गुणराज लामिछानेले त्यसो नगर्न आग्रह गर्नु भएको छ । र्पाकमा बसेर त्यस प्रकारको हर्कत नगरिदिनुस् यूवाहरुमा आग्रह गर्दछु , उहाँले भन्नु भयो ।
यस्तै यूवाहरुले पार्कमा पसेर चुरोट गाँजा सेवन समेत गर्न खाजेपछि सम्झाउँदा उल्टै गालीगलौज गर्ने गरेको उहाँले बताउनु भयो ।
“यस्ता गतीविधि हुन नदिन पार्कले पछिल्लो समय कडा निगरानी थालेको छ । प्रहरी प्रशासन समेतलाई आग्रह गरेका छौं । पहिलो प्रयास सम्झाउँने बुझाउने गरेका छौं । नमानेका खण्डमा प्रहरी बोलाएर जिम्मा लगाउन र कार्वाहीमा जान बाध्य हुनेछौं ” लामिछानेले बताउनु भयो ।
पार्क राजयोगसेवा केन्द्र पिलुवाको संचालनमा छ । पार्क परिषरलाई सभ्य बनाउनु हामी सबैको दायित्व भएकाले यहाँ पारिवार बालबच्चा सहित आएर आध्यात्मिक वातावरणमा शान्तिको महसुस गर्न सकिन्छ ।
त्यसैका लागि पार्कको परिकल्पना गरिएको हो । पार्क घुम्नकै लागि टाढाटाढाबाट समेत दैनिक सयौं श्रद्धालुहरु आउनु हुन्छ । तर गतल हर्कत गर्ने मनसाय बोकी आउनेबाट आजित छौं ,उहाँको भनाई छ ।
केहीदिन यता हाम्रो निगरानी बढेको छ । निगरानीपछी स्वतः गलत गतिविधि घटेका छन् । तरपनि हामी ब्यस्त भएका समयमा हुने यस्ता घटनाले टाउको दुखाउने रहेछ ब्रम्हकुमार समेत रहनुभएका लामिछानेले चिन्ता जाहेर गर्नु भयो ।
पार्कमा धेरै प्रजातीका बोट विरुवा फुल हुर्काईएका फुलाईएका छन् । हामीले त्यसको शंरक्षण गर्दै आएका छौं । यद्यपी आर्थीक श्रोत अभावका कारण अझ धेरै गर्न सकेका छैनौ प्रयास जारी छ । बलियोसँग गेट बनाउने योजनामा छौं , उहाँले सुनाउनु भयो ।