२६ कार्तिक,बारा: नेकपा एमाले क्षेत्र नं. ३ का उमेदवार ज्वाला कुमारी साह र ३ (क) का उमेदवार मोहम्मद समिरका विरुद्ध आएको समाचारको दुबैले खण्डन गरेका छन् ।
शनिबार पत्रकारहरुलाई सम्पर्क गर्दै सुक्रबार कलैयाबाट प्रकाशित हुँदै आएको शुभारम्भ दैनिक पत्रिकाले छापेको समाचार पत्रि खण्डन गरेका हुन् । साह र समिरले एकआर्का विरुद्ध भोट मागे भन्ने आशयमा नेकपा एमाले बारामा अन्तरघाट हुँदै भन्ने शिर्षकमा समाचार छापेको थियो ।
उक्त समाचारमा कुनै सत्यता नभएको बरु उल्टै एमाले प्रति बढ्दो जनलहरबाट अतालिएको शक्तिले हाम्रा विरुद्ध गरिएको कुप्रचार मात्रै भएकाले यसको पछी नपर्न आम मतदामा आग्रह गरेका छन् ।
समाचारलाई लिएर उमेदवार साहले समाचार निर्वाचन आचर संहिता विरुद्ध हुनेगरी हाम्रा विपक्षीबाट आएको हुँदा कुनै सत्यता नभएको बताउनु भयो । मनगणन्ते ,कपोकल्पीत ,भ्रामक ढंगबाट सम्प्रेसण गरिएकाको समाचारमा कुनै सत्यता नभएको उहाँको भनाई छ ।
यस्तै क्षेत्र नं.३(ख)का उमेदवार समिरले नेकपा एमालेका ईमान्दार कार्यकर्ता एवं उमेदवारबाट कल्पना समेत गर्न नसकिने विषयमा समाचार आएको बताउनु भयो । समाचार जथाभावि, तथ्यहिन र कपोकल्पीत ढंगबाट छापिएको भन्दै आक्रोश ब्यक्त गर्नु भयो ।
नेकपा एमाले क्षेत्र नं.३का निर्वाचन परिचालन कमिटिका संयोजक अनिल कुमार मैनालीले पत्रिकाले भ्रामक एवं उमेदवारको चरित्रहत्या गर्ने ढंगले समाचार प्रकाशित गरेको बताउनु भयो ।
यस प्रकारका मिडिया र संचारकर्मीका कारण समाजमा अराजकता बढ्ने , आपसी कलह बढ्ने भन्दै कानुनि उपचार खोज्ने अवस्था आउन नदिन सम्बन्धित पक्षसँग आग्रह गर्नु भयो ।