२६ कार्तिक ,बारा: एमाले पालिटब्यूरो सदस्य एवं पूर्वमन्त्री एवं उमेदवार साहले जनताको अभिमतको कदर गर्दै आफ्नो क्षेत्रको विकासका लागि कुनै कसर बाँकी नछाड्ने मतदातासँग बाचा गर्नु भएको छ । समग्र बाराली महिलाहरुको प्रतिनिधित्व गर्ने अवसर र यस क्षेत्रको विकासका लागि आफुलाई निर्वाचित गर्न पूर्वमन्त्री साहले आग्रह गर्नु भयो ।

नेकपा एमाले बारा क्षेत्र नं.३ प्रतिनिधिसभा उमेदवार ज्वाला साह एवं प्रदेशसभा सदस्य ३(क) उमेदवार रविनदास श्रेष्ठले डुमरवानाका मतदातको घरदैलोमा यस्तो बाचा सहितको आग्रह गर्नुभएको हो ।

उमेदवारको घरदैलो कार्यक्रममा मतदाताको समेत उत्साहजनक सहभागिता रहेको नेताहरुले बताएका छन् । देश र जनताको हितमा कामगर्ने भएकैले एमाले प्रति जनलहर बढेको क्षेत्र नं. ३ निर्वाचन परिचालन कमिटिका संयोजक अनील कुमार मैनालीले बताउनु भयो ।

“महिलाले चुलो र चौको मात्रै गर्नुपर्छ भन्ने छैन । जनताका समस्या गरिबी र पछ्यौटेपनको अन्य गर्न समेत सक्छन् भन्ने उदाहारण पेश गर्नु पर्ने बेला आयो,” मैनालीले भन्नुु भयो ।

यस्तै पूर्वमन्त्री एवं उमेदवार साहले भन्नु भयो, “ गरिब परिवारकी छोरी अनी बुहारी हुँ । जनताका समस्या बुझेकी महिला छु । गरिबी दुःख केहो मलाई राम्ररी थाहा छ ।” विकास गर्न योजनासँगै अनुभव र श्रोतको जानकारी चाहिन्छ । त्यसमानेमा आफु अब्बल रहेको र महिलाले गर्ने विकास दिगो हुने साहले बताउनु भयो ।

करिब साँढे ३ बर्ष प्रदेशसभा सदस्य हुँदा आफुले उल्लेखिय काम गरेको उहाँको भनाई छ । ४करोड ६० आयो तर संघ सरकारसँगको समन्वयमा ४५ करोडबढीको आफ्नो क्षेत्रमा काम गकै कारण यहाँको रोजाई ज्वाला साह हो । मेरो कोही प्रतिश्पर्धी नै छैन उहाँले भन्नु भयो ।

यस्तै अर्का नेता प्रदेशसभा सदस्य उमेदवार श्रेष्ठले घरदैलोमा जनताको अपार साथ सहयोग र माया पाईरहेको बताउनु भयो । एमाले जनताको पार्टी हो । जनता एमालेका परिवार हुन् । जनताको शुःख दुःखमा साथ दिने पार्टी र तीनका उमेदवारलाई मतदाताले रुचाएको उहाँले बताउनु भयो ।

यसैकारण कतिपय विपक्षीको दिमाग खराब भएको छ । यसैको फल स्वरुप एमाले र तीनका उमेदवारप्रति भ्रम समेत छर्नेकार्य भैरहेको छ । त्यस्तो भ्रम जनता आफैंले चिरिरहेका छन् । एमाले उमेदवार प्रति अपार साथ सहयोग छ, श्रेष्ठले भन्नु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय