चितवन : आर्थिक अवस्था नाजुक रहेका भरतपुर ५ का क्यान्सर पीडित धर्मराज अधिकारीले  सहयोगकाे याचना गरेका छन् ।

विगत ३ बर्ष देखि क्यान्सर राेगसंग लडिरहेका  महानगरपालिका – ०५ , ताेरीखेत ( नारायणपुर ) निवासी अधिकारीले आफ्नो घरको आर्थिक अवस्था अत्यन्तै कमजोर रहेको साथै अाय आर्जनको स्रोत समेत नभएकोले उपचारमा समस्या भएकोले देश तथा विदेशमा रहेका नेपालीसँग सहयोगकाे अपिल मागेका छन ।

क्यान्सर राेगबाट ग्रसित धर्मराज अधिकारी अहिले चितवनको भरतपुर महानगरपालिका – ०७ , कृष्णपुरस्थित वि.पि. कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचाररत छन ।

आफ्नो उपचारको लागि धर्मराज अधिकारीले चितवनकाे भरतपुर महानगरपालिका वडा नम्बर ५ काे वडा कार्यालयबाट भरतपुर महानगरपालिका नगर कार्यपालिकाकाे कार्यालयलाई सिफारिस समेत बुझाइसकेको छन ।

क्यान्सर राेगबाट ग्रसित चितवनको भरतपुर महानगरपालिका ५ निवासी धर्मराज अधिकारीलाई सहयोग गर्नको लागि ९८४५४२२५०२ अथवा ९८०९१८९१११ मा फाेन गरेर आर्थिक सहयोग गर्न सकिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय