निराज रानाभाट , कार्तिक २८ चितवन : राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी आमसभा आउँदाे मंसिर ०१ गते हुने भएको छ ।

मंसिर ०१ गते , बिहीबार दिउँसो ०३:०० बजे , चितवन जिल्लाको नारायणी नदी किनारमा आमसभा गर्ने तयारी गरेको राष्ट्रिय स्वतन्त्र पार्टी चितवनले जनाएको हो ।

पार्टी अध्यक्ष तथा चितवन क्षेत्र नम्बर २ का उम्मेदवार रबि लामिछ्नेले चुनावी आमसभामा सहभागी हुन चितवनबासीलाई आमन्त्रण गरेका छन् ।

निर्वाचनको लहर चलिरहेको बेला चितवनको चुनावी माहोल तातिएको छ । चितवनमा आउँदो मंसिर ०४ गते हुने निर्वाचन लक्षित गठबन्धनको आमसभा कार्तिक २६ गते र कार्तिक २८ गते , साेमबार ( आज ) नेकपा एमालेको आमसभा भैसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय