पुष्पराज खतिवडा
२८ कार्तिक ,बारा : नेकपा एमाले पोलिटब्युरो सदस्य, पूर्वमन्त्री एवं बारा क्षेत्र नं.३ की प्रतिनिधीसभा सदस्य उमेदवार ज्वाला कुमारी साहले आफ्नो क्षेत्रका यूवालाई रोजगारीका अवसर दिने बताउनु भएको छ ।
रोजगारी सृजना हुने कार्यक्रममै आगामी दिन खर्चने छु । यस क्षेत्रका यूवाहरुका लागि काम गर्ने छु , साहले सोमबार भोडाहामा आयोजित घरदैलो कार्यक्रममा यस्तो बताउनु भएको हो ।
कृषि र पर्यटनलाई उद्योगको रुपमा विकास गर्ने कार्यक्रमलाई आफ्नो क्षेत्रमा विशेष ध्यानमा राखेर काम गर्ने छौं । यस्ले यहाँका यूवा किसानलाई उद्यमी बनाउने छ, त्यसका लागि यहाँहरुको अमुल्य अभिमतको खाँचो छ । मलाई विश्वास यहाँहरुले पक्कै माया गर्नु हुने छ ।
विद्युतमा सहजता ,कृषिमा आधुनिकिकरण, यान्त्रकिरण गरी उत्पादन वृद्धि पहिलो लक्ष्य हो । यूवा ,महिला र विपन्नको जिवन स्थरमा सुधार ल्याउने कार्यक्रमहरुको पहिचान गरी उनीहरुलाई सिपमुलक तालिम सुलभ कर्जा जस्ता कार्यक्रम ल्याउने छौं ।
समाज रुपान्तरणमा सहकारी अभियानलाई अझ मजबुद बनाउँदै समुदायको हितमा काम गर्न राज्यको सहयोगी निकायका रुपमा लिने योजना छ, साहले जनतामाझ भन्नु भयो ।
पुल, पुलेसा, कृषि सडक, सरकारी विद्यालय तथा स्वास्थ्य संस्थाको सुधारलाई प्राथीकतामा राखेर काम गर्ने छु । भुमिहिन सुकुम्बासीलाई पुर्जा, विपन्नलाई घर दिलाउने काम मेरो कार्यकालमा प्रथमिकताका साथ हुने छ ,उहाँले भन्नु भयो ।
चुनाव आफुले जित्ने बताउँदै साहले आफ्नो यसक्षेत्रमा प्रतिस्पर्धी नै नभएको बताउनु भयो । चुनाव जितेको ३ हप्तामा टाँगियाबस्तीमा टेलीफोन टावर निर्माण गर्न लगाउने, टाँगिया जनतालाई यन्यत्रका जनता सहरको सबैखाले सुविधा उपभोगको ब्यवस्था मिलाउन आफुले काम गर्ने पूर्वमन्त्री साहले प्रतिबद्धता ब्यक्त गर्नु भयो ।
घरदैलो कार्यक्रममा साह, प्रदेशसभा सदस्य क्षेत्र नं.३(क)का उमेदवार रबिनदास श्रेष्ठ सहित हजारौं नेता कार्यकताको सहभागिता रहेको थियो ।