राजु साह
२८ कार्तिक ,बारा:किसान आन्दोलनका मुख्य अगुवा खेदु साहको सपना पुरा गर्ने पुर्वमन्त्री ज्वाला कुमारी साहले दावी गरेकी छन । बारा निर्वाचन क्षेत्र नम्बर ३ को नेकपा एमालेबाट प्रतिनिधि सभा सदस्यकी उम्मेदवार साह आफनै स्व. बुवा खेदु साहको सपना पुरा गर्ने बताइन ।
मतदाताको घरदैलो रहेकी साहले सोमबार पिलुवामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै कृषि क्षेत्रको विकास मेरो प्राथमिकतामा रहने छ । निककी मेरा बाबाले किसान आन्दोलनको अगुवाई गरेकै भरमा ज्यान गुमाउनु परेको थियो ।
२०३८ साल कात्तिकको महिनामै नेपालमा किसान आन्दोलन ठूलै रुप लिएका थियो । सोही बेला पुर्वमन्त्री साहको स्व.बुवा खेदु साहले सिहोर्वा गाविसको लौतनबाट सशक्त रुपमा किसानको मुद्घा उठाउदै आन्दोलन गरिरहेका थिए । बुवाले किसानकै मुद्घा उठाउदै पटक–पटक गिरफ्तारी, यातना र जेल जीवन भोग्नुपरेको तर ती सपना अधुरो रहेकोले बुवाको सपना पुरा गर्न मेरो उम्मेदवारी रहेको साहले बताइन ।
किसानहरूको हक अधिकार र उन्मुक्तिका लागि सशक्त आन्दोलन चर्काई किसान संगठन बनाउन स्व. खेदु साहको अहम भुमिका रहेको एमाले नेता बलविर चौधरीले बताए । उहाँका अधुरा सपना पुरा गर्न ज्वाला साहले चुनाव जित्नु पर्छ उनले बताए । साहले तीन वर्षे प्रदेशसभा सदस्य हुदाँ कृषिका क्षेत्रमा थुप्रै कार्य गर्नु भएको छ, नेता चौधरीले भने ।
साहले प्रदेशसभा सदस्य हुँदा संघ सरकारसँग समेत समन्वय गरी धेरै महत्वपूर्ण काम गर्नु भएको छ । पसाह खोला नियन्त्रणको लागि तटवन्ध कार्यले किसानको अनावश्यक क्षति रोकिएको छ । कुसमाडी, लामीडाडा स्थित पसाह खोला नियन्त्रणको लागि तटवन्ध कार्य ९० लाख र ६० लाख गरी कुल १ करोड ५० लाखमा तटवन्ध कार्य गरेको छु ।
खमुवा, सोनरनिया स्थित पसाह खोला नियन्त्रणको लागि तटवन्ध कार्य २५ लाखमा तटवन्धन कार्य गरेको छु । पिलुवा स्थित पसाह खोला नियन्त्रणको लागि तटवन्ध कार्य ४० लाखमा गरेको छु । बालगंगा नदी नियन्त्रणको लागि तटवन्ध कार्य २५ लाखमा गरे, सुकलैया स्थित बालगंगा नदी नियन्त्रणको लागि तटवन्ध कार्य ७० लाखमा गरेको छु । यसले किसानहरुको बालीनाली साथै जनधनमा हुने क्षतिहरु रोकिएको छ ।
आकासे पानीको भरमा मात्र खेती गर्न नपरोस भन्दै बारा क्षेत्र नम्बर ३ स्थित खमुवा, रामनगर स्थित जमुना टोल, पिलुवा, कोचर्वा, पैनीटोल लगायत विभिन्न स्थानमा ८० लाखको लागतमा डिप बोरिङ्ग संचालनले गरेको छु । यसले यस क्षेत्रको खेतीपातीमा ठुलो टेवा पुगेको छ ।
जैतापुरमा २५ लाखको लागतमा कृषि बजार सेड निमार्णले कृषिकहरु आफनो उत्पादन सहजै बिक्री गरेका छन ।
किसान अगुवा छोरी भएको र १३ दिने कृषिमन्त्री हुदाँ व्यस्थित कृषि कसरी बनाउने बारे थप जानकारी भएकोले बाराको कृषिमा ठुलो योगदान पुगाई बुवाको सपना पुरा गर्ने साहले दावी गरिन ।