२९ कार्तिक,बारा: निर्वाचन क्षेत्र नम्बर ३ प्रतिनिधिसभा सदस्य उम्मेदवार तथा पुर्वमन्त्री ज्वाला कुमारी साहले जनताको काम गरेर मन जित्ने बताउनु भएको छ । मंगलबार जितपुरसिमरा १८ को बडहर्वामा मतदाताको घरदैलामा व्यस्त पुर्वमन्त्री साहले अयोजित कोणसभालाई सम्बोधन गर्दै जनताको काम गर्न जनताकै विचमा रहने बताउनु भयो । साहले चुवान आफुले नै जित्ने र आगामी दिनमा जनताकै विचमा रहेर जनताका धेरै काम गर्ने बताउनु भयो ।
४ महिना १५ दिनको भुमिसुधार राज्यमन्त्री भँए । बारामा मालपोत र नापी कार्यालय भवन बनाउन बजेट ल्याएँ । दम्पतीको नाममा संयूक्त पूर्जा बउँदा रजिष्टेसन दूतुरमा ५० प्रतिशत छुट दिने नियम लागु गराएँ । जस्का कारण महिलाको सम्मान गर्ने समाजको निर्माणमा मद्दत भएको अनुभुती भएको छ ।
यस्तै एक प्रदेश एक अस्पताल भन्ने तत्कालिन ओली सरकारसँगको समन्वयमा बाराको कलैया उपमहानगरपालिका वडा नं.१८ झिट्कैंमा सरुवा रोग परिक्षण तथा टमा प्रादेशिक अस्पतालको स्थापनमा समेत महत्वपूर्ण भुमिका खेलेको उहाँले बताउनु भयो । उक्त अस्पताल मेरै पहलमा बारामा शिलान्यास भएको हो , अब संचालनमा ल्याउने काम मेरै कार्यकालमा हुने छ साहले भन्नु भयो ।
जिल्लाको विकास गर्ने र अव्वल जिल्लाको रुपमा चिनाउने मेरो ईच्छा हो । जिम्मेवारी पाएका खण्डमा साकार पार्ने कुरामा प्रविद्धता ब्यक्तत गर्दछु । देशमै एमालेप्रति जनलहर बढेको छ । आगामी निर्वाचनपछी पक्कै एमालेकै सरकार बन्ने छ । एमाले सरकारको प्राथमिकाता बारा जिल्लाई पार्ने मेरो अहमं भमिका रहने छ, पूर्वमन्त्री साहले भन्नुभयो ।
जिल्ला सँगै यस क्षेत्रको विकासमा मेरो भुमिका अग्रपंक्तीमा रहने छ । प्रदेश सरकारबाट जम्मा ४ करोड ६० लाख बजेट पाउँदा केन्द्रसंगको समन्वयमा झण्डैं ४८ करोडका महत्पूर्ण र दिर्घकालिन महत्वको काम गरेको छु ।
जनतासंग प्रत्यक्ष सम्पर्कमा रही धेरै काम गरेको छु । आगामी ५ बर्षका लागि मलाई जनताले जिम्मेवारी दिने कुरामाा विश्वस्त छु, उमेदवार साहले भन्नु भयो ।
निर्वाचन पश्चात यस क्षेत्रमा पुर्वाधार निमार्ण, युवा लक्ष्ति रोजगारी र स्वास्थसेका सुधार, शिक्षामा महत्वपुर्ण काम, गरिब विपन्न, भुमिहिन सुकुम्बासी समस्या समाधान र कृषि क्षेत्रको विकास प्राथमिकतामा रहने छ, पुर्वमन्त्री साहको प्रतिबद्धता ब्यक्त गर्नु भयो ।
घर दैलो कार्यक्रममा बारा क्षेत्र नं.३ (क) उमेदवार रविनदास श्रेष्ठ,एमाले नेता, पोलिटब्युरो सदस्य एवं पूर्व यूवा तथा खेलकुल मन्त्री पुरुषोत्तम् पौडेल, जितपुरसिमरा उपमहानगरपालिका वडा नं.१८ का पूर्व वडा अध्यक्ष अर्जुन प्रसाद दाहाल लगाय हजारौं नेता कार्यकर्ता एवं समर्थक मतदाताको सहभागिता रहेको थियो ।