काठमाडौ । काठमाण्डौँ क्षेत्र नं. ९ को प्रतिनिधिसभा सदस्य पदका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवार देवेन्द्र प्रधान यतिबेला चुनावी परिणाम आफ्नो पक्षमा पार्न अन्तिम तयारी गर्दै जनसमक्ष पुग्नमा व्यस्त देखिन्छन् । राष्ट्रिय पार्टी ( राप्रपां) बाट उम्मेदवारी दर्ता गरेका प्रधान प्राप्त जनसमर्थन देख्दा खुसी साथ आफु निर्वाचन जित्नेमा विवस्त देखिएका छन्  ।

सरकारबाट निर्वाचन मिति सार्वजनिक भए सँगै निर्वाचन परिचालनलाई प्रभावकारी बनाउन अग्रसर प्रधान लगेका चुनाव आउन केहि दिन बाँकी रहदा मतदातासंगको भेटघाटलाई बाक्लो बनाएका छन् । क्षेत्र ९ को १४ वटै वडामा पुगेर मतदातासंग आफ्नो योजना र अनुभव सुनाईरहेका प्रधान पछिल्लो समय बलियो प्रतिस्पर्धीको रुपमा उदाएको देखिन्छ ।

राप्रपाका निर्वाचन कमिटीको सहायताबाट आफ्नो प्रचार अभियान सुरु गरेका प्रधानका पक्षमा मत माग्न अहिले प्रचार कमिटी नै दिन प्रति दिन बढ्दो मात्रामा रहेको छ । चुनावी क्षेत्रभरी आफ्नो पक्षमा जनसमर्थन बढ्न थालेपछि अहिले प्रधान निकै नै उत्साहित देखिएका छन् । उनि आफू निर्वाचित हुनेमा विश्वस्त देखिन्छन् । ‘मेरो अभियानमा उत्साहजनक समर्थन पाएको छु । क्षेत्रभरीका नागरिक जिताउन तयार हुनुहुन्छ । ‘यो मेरो मात्रै जित हुने छैन, यस क्षेत्रका सम्पुर्ण  नागरिकको जित हुनेछ ।’

को हुन त देवेन्द्र प्रधान ?
काठमाण्डौ स्थित भेहिकल रिसर्च सेन्टर, लगायत १० भन्दा बढी संस्थाको स्थापना गर्न सफल प्रधानले विगतका दिनमा पाएको समाजहरुले नै जनताको मन जितेका स्थानीयहरुले बताएका छन् । काठमाण्डौँको जिल्ला चन्द्रगिरी नगरपालिकामा अवस्थित नैकापमा वि. स. २०२८ साल असोज २ मा जन्मेका देवेन्द्र जिवनको उकाली ओराली गर्ने क्रममा वि. स. २०४४ सालमा विद्या मन्दिरमा एस.एल. सी. सम्पन्न गरेपछि २०४६ सालमा थप पढाईलाई निरन्तरता दिए । उनले नेपालको भ्रमण गरि वि. स. २०५९ सालमा यातायातको अवस्थाबारे अध्ययन गरेका थिए । अध्ययन पश्चात उनले नेपालमा बढी दुर्घटना हुनुको रहस्य अदक्ष जनशक्ति भएपछि पत्ता लगाए त्यस पश्चात् नेपालमा वि. स. २०६० मा नै उनले नेपालमा भएका सम्पुणर् यातायातका विद्यालयहरुलाई समेटेर नेपाल राष्ट्रिय ड्राइभिङ संघको स्थापना गरे । प्रधानले वि.स.२०६४ सालको सवारी तथा यातायात व्यवस्थापन उच्च स्तरीय समितिको सदस्यको रुपमा ३ वर्ष कार्य गरेर यातायातका क्षेत्रमा दुर्घटना न्यूनीकरण गर्ने कार्यमा लागेका थिए ।
प्रधान नेपालको यातायात मात्र नभएरमा समाजमा के कसरी समस्याको समाधान गर्न सकिन्छ भनेर सोच्ने सामाजिक सेवक पनि हुन । चन्द्रगिरी बासीको समस्यालाई लिएर उनी अन्तराष्ट्रिय गोष्ठी सम्मेलनमा पनि उतिकै सक्रियता साथ सहभागी भएर उनले जनताको पक्षमा बोल्न सुरु गरे । चन्द्रगिरी नगरपालिकामा रहेका व्यक्तिहरुको घर दैलो गर्दै हरेकको समस्यालाई नियालेर उनले समाधानका लागि राष्ट्रिय स्तरका विभिन्न गोष्ठीहरुमा पहल गर्दै आएका छन् । प्रधान २०७२ ।्सालको भुकम्पमा पनि सर्वदलीय सदस्य रहेर होस् वा कारोना संक्रमणको जोखिम मोलेर पनि चन्द्रगिरी नगरबासीको घरदैलो गरेर बिरामीलाई अस्पताल लान देखि समाजमा हुने हरेक कार्यक्रममा सक्रियताका साथ सहभागि हुने गरेका छन् । हाल प्रधान लायन्स क्लव अफ चन्द्रागिरी मण्डला, चन्द्रागिरी ब्याडमिन्टन क्लब, इन्द्र अन्नपूणर् योग केन्द्र , काठमाडौ शिक्षा क्याम्पस , मण्डला ब्याडमिन्टन क्लब ,विन्दवासिनी आध्यात्मिक संघ , भेहिकल एकेडेमी एण्ड रिसर्च सेन्टर , भेहिकल सोलुसन एण्ड रिसर्च सेन्टर जस्ता करिव २५ भन्दा बढी संघ संस्थामा आबद्ध छन् । राजनीतिको क्षेत्रमा पनि उतिकै रुचि राख्ने प्रधान नेपालमा वि. स. २०६३ सालको जनआन्दोलन पश्चात राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका केन्द्रिय समितिको सदस्यमा आबद्ध भएका हुन । ’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय