निराज रानाभाट , काठमाडौं : दोस्रो एकदिवसीय क्रिकेटमा नेपालले यूएईलाई हराएकाे छ । कार्तिक ३० गते , बुधबार ( अाज ) भएकाे खेलमा नेपालले यूएईलाई ३ विकेटले हरायाे ।

यूएईले दिएकाे १ सय ९२ रनकाे लक्ष्य नेपालले ४७ ओभर ५ बलमा ७ विकेट गुमाएर भेटायाे । नेपालका लागि गुलशन झा र आरिफ शेखले साताैँ विकेटका लागि ६२ रनकाे साझेदारी गरे ।

यसअघि त्रिवि मैदानमा टस जितेर ब्याटिङ गरेको यूएईले ४३ ओभर २ बलमा १ सय ९१ रन बनाउँदा अलआउट भयो । यूएईका मुहम्मद वासिमले ५० र अलिशन शरफुले ३५ रन बनाए । नेपालका सोमपाल कामी र ललित राजवंशीले समान तीन विकेट लिए । त्यस्तै , करन के.सी , गुलशन झा , दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले समान १/१ विकेट लिए ।

याे जितसँगै नेपालले तीन खेलकाे शृङ्खलामा १ – १ काे बराबरी गरेकाे छ । यसअघि भएकाे पहिलाे खेलमा यूएई ८४ रनले विजयी भएकाे थियाे । तेस्राे तथा निर्णायक खेल आउँदाे शुक्रबार हुने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय