निराज रानाभाट , काठमाडौं : पाकिस्तानसँगकाे मैत्रीपूर्ण खेलमा नेपाल विजयी भएकाे छ । कार्तिक ३० गते , बुधबार ( आज ) राजधानी काठमाडौंको दशरथ रङ्गशालामा भएकाे खेलमा नेपालले पाकिस्तानलाई १ – ० गाेलले हराउदै विजयी प्राप्त गरेको हो।

आफ्नै घरेलु मैदानमा भएको खेलमा नेपालकाे जीतमा अञ्जन विष्टले गाेल गरे । उनले खेलकाे ८३ औँ मिनेटमा सुनिल बलले दिएको लामो पास लाई पोस्ट तर्फको दिशा दिदै निर्णायक गाेल गरे । गाेल गरेपछि खुसीयाली मनाउने क्रममा अञ्जनले जर्सी फुकालेपछि रेफ्रीले पहेँलाे कार्ड देखाएका थिए ।

विश्व फुटबल महासङ्घ ( फिफा ) ले ३ वर्षसम्म प्रतिबन्ध लगाएर फुकुवा गरेपछि पाकिस्तानले पहिलो अन्तर्राष्ट्रिय खेलको रूपमा नेपालसँग खेलेकाे हाे ।

याेसँगै नेपाल र पाकिस्तानबीच अहिलेसम्म १८ वटा खेल भएकाे छ । जसमा पाकिस्तानले सात र नेपालले छ खेल जित्दा ५ खेल बराबरीमा टुङ्गिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय