१ मंसिर मनहर्वा,बारा: जितपुरसिमरा उपमहानगरपालिका वडा नं. १७ जैतापुरमा एक युवक अचेत अवस्थामा फेला परेका छन् ।
स्थानिय राजेश महत्तोका छोरा २० बर्षका राहुल महत्तो विहिबार विहान अचेत अवस्थामा फेला परेका हुन् । उनको नारायणी अस्पताल विरगजंमा गम्भीर अवस्थामा उपचार भैरहेको आफन्तले बताएका छन् ।
बुधबार साँझ साथीहरुसँगै खाजा खाएका राहुल रातभरी बेपत्ता थिए । विहान सिमरा कोल्हवी सडकखण्डको जैतापुर स्थीत विरेन्द्र साहको खाद्यमिल पछाडी केराघारीमा उनी अचेत फेला परेका हुन् । राहुलको टाउकोमा रड प्रहार भएको हुन सक्ने चिकित्सकलाई उद्रित गर्दै उनका आफन्त विश्वनाथ चौधरीले बताए ।
प्रहरीले स्थानिय ५ जना यूवालाई अनुसन्धानका लागि पक्राउ गरेकोे जनाएको छ । पक्राउ पर्नेहरुको नाम गोप्य राखिएको छ ।