१ मंसिर,बारा: बारा क्षत्र नं. ३ का मतदाताले पुर्व मन्त्री ज्वाला साहलाइृ मतदान गर्न आदुर भएको जनाएका छन् । सुकुम्बारी समस्या समाधान, यूवा, विद्यार्थी, गरिव, विपन्न,कृषि क्षेत्र र महिलाहरुको समस्या समाधान पहिलो शर्त बोकेर मतदातका बिच रहनु भएकी एमाले नेताका पक्षमा मतदाता मत दिन आतुर भएका हुन् ।
छोटो समय प्रदेशसभा सदस्य रहेका बखत क्षेत्रको विकासमा ४५ करोड बढिको विकासका पूर्वाधार निर्माण गर्न सफल साहले यस क्षेत्रमा विकासलाई पहिलो प्राथमिकता रहने बताउँदै आउनु भएको छ ।
बाराका जिल्लाकै महिलाहरुको प्रतिनिधिका रुपमा रहेर महिलाका समस्या समाधान गर्ने , कृषि र कृषी पेशालाई ब्यवसायीककरण गर्ने आधुनिक कृषि क्षेत्रमा यान्त्रीकरणलाई प्राथमिकतामा राखेर काम गर्ने साहले बताउनु भएको छ ।
उत्पादनका आधारमा अनुदानको ब्यवस्थगर्ने यूवालई कृषिमा आकर्षण गर्ने जस्ता कृषि मैत्री योजना रहेको साहले बताउने गर्दै आउनु भएको छ ।
यूवाका लागि खेलकुद , महिलाका स्वास्थ्य समस्या निवार, बार्षिक रुपमा सबै नागरिकको निःशल्क स्वास्थ्य परिक्षणको योजना बनाउने बाचा गर्दै उमेदवार साहले जनताका विबचमा रहेर जनताको सेवा गर्ने बताउँदै आउनु भएको छ ।
बारा क्षेत्र नं.३ लाई जिल्ला र देशकै नमूना बनाउन कुनै कसर बाँकी राख्दीन । सुकुम्बासी र विपन्नलाई जग्गा र घर दिने कार्यलाई छिटो र पहिलो प्राथमिकतामा राख्ने छु । कलैयाका मतदाको घरदैलोका क्रममा उहाँले भन्नु भएको छ ।
टांगियाबस्तीको समस्या समाधान र तराई काठमाण्डौं दु्रतमार्ग निर्माणसंगै संचालनको वातावरण निर्माण प्राथमिकतामा रहने उहाँले बताउनु भएको छ । सहकारीलाई सरकारको सहयोगि निकायको रुपमा विकास गर्ने र जनताको जिवन स्थतरमा परिर्वतर्न गर्ने माध्यमको रुपमा विकास गरिने छ ।
स्वास्थ्य शिक्षा र रोजगारीको क्षेत्रलाई फराकिलो र सहज बनाउन काम गर्ने छु , साहले मतदाका विचमा बाचा गर्नु भएको छ ।