पुष्पराज खतिवडा
२ मंसिर ,बारा: मंसिर ४गते हुने प्रतिनीधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि मतदान स्थलमा मतपेटिका सहित मतपत्र आईपुगेका छन् । निर्वाचनमा खटिएका निर्वाचन अधिकृतहरुले मतदानका लागि आवश्यक सम्पूर्ण सामाग्री मतदान केन्द्रमा आईपुगेको जनाएका हुन् ।
शुरक्षाकर्मी ,कर्मचारी र निर्वाचन सामाग्री आएसँगै मतदानका लागि ब्यवस्थापन तयारी गर्ने कामको थालनी भएको जितपुरसिमरा १८ बडहर्वा स्थनि नेपाल राष्टिय आधारभुत विद्यालयमा खटिएका सहायक मतदान अधिकृत मुनीलाल कुस्वाहाले बताए ।
यता जिल्ला भरिका मतदान स्थलहरुमा मतपत्र सहित मतपेटिका सुक्रबार पुर्याईएको निर्वाचन कार्यालय बाराले जनाएको छ । जिल्लाका ३ सय ५ मतदान केन्द्र र ५ सय ५५ मतदान स्थलहरुमा प्रतिस्थल ५ वटाका दरमा मतपेटीका पुर्याईएको निर्वाचन कार्यालय प्रमुख सरोज चौधरीले जानकारी दिए ।
“४ वटालेनै काम दिन्छ । कहिँ अपुग वा समस्या भए थप गर्न सहज होस् एकथाप थपगरी ५ वटा पठाएका छौं । मतपेटिकासँगै पतपत्र सहित आवश्यक ८४ प्रकारका सामान पठाएका छौं , ” उनले भने ।
शुरक्षाकर्मी भने विहिबारबाटै मतदान केन्द्र रहेका विद्यालयहरुमा पुगेका छन् । सुक्रबार मतदान अधिकृत सहितका कर्मचारीहरुसंगै मतपत्र र मतपेटिका पुगेको हो ।
एक मतदान केन्द्रमा मतदाता संख्याका आधारमा बढिमा १२ जना सम्म कर्मचारी खटिएका छन् । जस्मा नियमित कर्मचारी ८ र स्वयंसेवक ४ जना रहने ब्यवस्था गरिएको निर्वाचन कार्यालय प्रमुख चौधरीले जनाए ।
जिल्लामा जम्मा ४ लाख ३३ हजार ५०४ जना मतदाता छन् । ३ सय ५ मतदान केन्द्र ५ सय ५५बाट मतदान स्थलबाट मतदाता निर्वाचनमा मत दिन सहभागि हुने उनले बताए ।
यस्तै मतदान केन्द्रहरुमा नेपाल प्रहरी ,शसस्त्र प्रहरी र नेपाली सेनाबाट आवश्यकता अनुसार शुरक्षाकर्मी परिचालन गरीएको बाराका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटवालले जानकारी दिए ।
सामान्य , संवेदनशिल र अति संवेदनशिल क्षेत्रको पहिचान गरी सोही अनुसार शुरक्षा ब्यवस्था कडा बनाइएको छ । निर्वाचनलाई भय रहित रुपमा सम्पन्न गर्न कुनै कसर बाँकी रहने छैन, कटवालले बताए ।