निराज रानाभाट , काठमाडौं : यूएईलाई हराउँदै नेपालले एकदिवसीय शृङ्खला जितेकाे छ । मंसिर ०२ गते , शुक्रबार ( आज) भएकाे तेस्राे तथा अन्तिम खेलमा यूएईलाई ६ विकेटले हराउँदै नेपालले शृङ्खला जितेकाे हाे ।

यूएईले दिएकाे १ सय ७७ रनकाे लक्ष्य नेपालले ४० ओभर १ बलमा ४ विकेट गुमाएर भेटायाे । नेपालका लागि आसिफ शेखले नटआउट ८८ रन र ज्ञानेन्द्र मल्लले ६४ रन बनाए । बलिङतर्फ यूएईका हजरत बिलाल र आयान अफजल खानले १ / १ विकेट लिए ।

यसअघि , त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १ सय ७६ रन बनायो । यूएईका लागि आयान अफजल खानले नटआउट ५४ रन र अलिशान शराफुले ३३ रन बनाए । बलिङतर्फ नेपालका गुलशन झा , कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरीले २ / २ विकेट लिए ।

नेपाल पहिलाे खेलमा ८४ रनमा पराजित हुँदा दाेस्राे खेलमा पुनरागमन गर्दै नेपालले यूएईलाई ३ विकेटले हराएकाे थियाे । याे जितसँगै नेपालले शृङ्खला २ – १ ले आफ्नाे पक्षमा पारेकाे हाे ।

यूएईले अघिल्लो महिना अस्ट्रेलियामा विश्व कप खेलेको थियो । नेपालले सन् २०१८ मा विश्व कप छनोटबाट एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको थियो । त्यसयता नेपालले घरेलु मैदानमा यो दोस्रो पटक शृङ्खला खेलेको हो ।

गएको चैतमा पपुवा न्युगिनी ( पीएनजी ) सँगको २ खेलमा नेपाल पराजित भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय