
बारा
४ मंसिर २०७९
प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन चलिरहेको छ । विहिन ७ बजेबाटै भैरहेको निर्वाचनमा मतदाताहरुको संख्या न्युन छ । कतिपयले भने यस निर्वानमा मतदान उत्साहित नदेखिएको बताएका छन् ।


दलहरुप्रतिको वितृष्णले मतदानमा उत्साह नदेखिएको जितपुरसिमरा १८ का टंक लुईंटेलले बताए । यस अघिका निर्वाचनमा विहानै देखी भिडभाड हुन्थ्यो । अहिलेको निर्वाचनमा त्यस्तो देखिएन उनले भने ।
जाडोका कारणले कम मतदाता विहानीमा उपस्थीत भएपनि यो संस्था बढ्दो रहेको निर्वाचन अधिकृतहरुले बताएका छन् । भिडभाड रहित ढंगबाट मतदान भैरहेको बारा क्षेत्र नं.३ अन्तरगत जितपुर सिमरा १८ स्थीत बालबालिका आधाभुत माविकी निर्वाचन अधिकृत सीमा चौधरीले बताईन् ।
जिल्ला भरिनै मतदान भने शान्ति पूर्ण भईरहेको बारा जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ । मतदान स्थल आसपासको शुरक्षा ब्यवस्था कडा पारिएको छ ।
नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरीले शुरक्षा ब्यवस्थालाई चुस्त पारिरहेको प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटवालले बताए ।
साथमा निर्वाचन भैरहेका केहि तस्वीरहरु :