४ मंसिर मनहर्वा,बारा: प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन बारा निर्वाचन क्षेत्र नं.३ अन्तरगत जितपुरसिमरा उपमहानगरपालिका वडा नं.१८ मा ३ हजार २ सय ८४ जना मतदाता रहेकामा २ हजार १४९ मात्रै मत खसेको छ ।

प्रत्यक्ष अर्थात पहिलो हुने प्रणलीका लागि खसेको मतको आधारमा कुल ६५.४३ प्रतिशत मतदान भएको निर्वाचन अधिकृत राजेश्वर प्रसाद कुश्वाहले बताए ।
ने.रा.आधारभुत विद्यालय बडहर्वा र बालबालिका आधारभुत विद्यालय लामिडाँडा गरी २ केन्द्र रहेकोमा बडहर्वामा मात्रै तिनवटा मनतदान स्थल थिए । बडहर्वा केन्द्र अन्तरगत क) मतदान स्थलमा ६१८, ख)मा ५१२ र ग) ५०४ मत खसेको उनले जनाकारी दिए ।

बडहर्वामा १ हजार ५३४ र लामिडाँडामा ६१५ जनाले प्रत्यक्ष प्रणलीका लागि मतदान गरेका छन् । यस्तै मतदान गराउन खटिएका कर्मचारीहरुले समेत समानुपातिक प्रणालिका लागि मतदान गरेका छन् । यसका कारण प्रत्यक्ष हुने प्रणालिको तुलनामा समानुपालिक प्रणालिको मतदानमा केही फरक पर्न सक्ने बताईएको छ ।

यस क्षेत्रमा प्रतिनिधीसभाका लागि नेकपा एमाले ज्वाला कुमारी, बाम लोकतान्त्रीक गठबन्धनका लालबाबु सिंह र जसपा नेपालका उमेदवार रामबाबु प्रसाद यादव विच कडा प्रतिस्पर्धा देखिएको छ ।

भने प्रदेशसभाका लागि केही एमालेका रविनदास श्रेष्ठ, गठबन्धनका मुकेश साह, जसपाका भरत खड्कामा प्रतिस्पर्धा देखिएपनि स्वतन्त्र उमेदवार ध्रुव यादव, शिवनाथ पटेल र नाराण क्षेत्री विचले उनीहरुलाई चुनौती दिएका छन् । प्रदेशसभाको परिणम यस्तै आउँछ भन्न नसकिने कतिपयले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय