६ मंसिर ,बारा :  क्षेत्र नं. १ मा नेकपा एमालेका उम्मेदवार अच्युत मैनाली फराकिलो मतान्तरसहित अग्र स्थानमा देखिएका छन् ।

नेपाली कांग्रेसका उम्मेदवार उमाकान्त चौधरी भन्दा ३ हजार ९ सय २७ मत बढी ल्याउँदै मैनालीले अग्रता कायम राखेका हुन् ।

यस क्षेत्रमा २२ हजार ३४ मत गणना हुँदा मैनालीले १२ हजार २ सय ८४ र चौधरीले ८ हजार ३ सय ५७ मत पाएका छन् । मैनालीले गणनाको सुरुवातदेखि अग्रता लिएका थिए ।

मैनाली र चौधरीबीचको प्रतिस्पर्धा प्रतिस्पर्धात्मक हुने अनुमान गरिएपनि मैनालीले फराकिलो अग्रता बनाएका हुन् । चौधरी नेपाल सरकारका खानेपानी मन्त्री र नेपाल कांग्रेसका सहमहामन्त्री हुन् ।

यता मैनाली भने नेकपा एमालेको पोलिटव्युरो सदस्य एवम् मधेस प्रदेश इन्चार्ज हुन् । एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा मैनाली जनसम्पर्क सल्लाहकार थिए ।
ठूला पार्टीका यी दुई प्रभावशाली नेता २०७४ सालमा बारा( १ बाट एकअर्काका प्रतिस्पर्धी थिए ।

उक्त निर्वाचनमा कांग्रेसका चौधरीले विजयी भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय