
७ मंसिर बारा क्षेत्र नं. ४(१) को प्रदेशसभा सदस्यमा नेकपा एमालेका उम्मेदवार देवनारायण चौधरी निर्वाचित भएका छन् । चौधरी तीन हजार ६ सय २० मतको मतान्तरले निर्वाचित भएका हुन् ।
चौधरीले १३ हजार ६ सय नौ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्धन्दी नेकपा माओवादी केन्द्रका क्षेत्रबहादुर श्रेष्ठले नौ हजार नौ सय उनानब्बे मत पाएका छन् ।


यसैगरी तेस्रो स्थानमा हाम्रो नेपाली पार्टीका उम्मेदवार सन्तोष कुशवाहाले चार हजार एक सय ४१, राष्ट्रिय प्रजातन्त्र पार्टीका यम जर्का मगरले तीन हजार ६ सय ५६ मत पाएका छन् ।
यस्तै बारा क्षेत्र नं. ४(२) मा लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार जितेन्द्र सोनलको जित निश्चित बनेको छ । सोनलले गणना हुन बाँकी मत भन्दा बढी अग्रता बनाएका छन् ।
हालसम्मको प्राप्त मतपरिणाम अनुसार सोनलले १२ हजार एक सय ८१ मत प्राप्त गर्दा दोस्रो स्थानमा रहेका जनता समाजवादी पार्टीका आत्माराम साहले सात हजार ६ सय नौ मत पाएका छन् ।
साहभन्दा सोनल ४५७२ मतले अगाडी छन् । यस क्षेत्रमा अब परवानीपुर गाँउपालिकाको वडा नं. ३ को दुई हजार दुई ४८ मत गणना हुन बाँकी छ ।