पुष्पराज खतिवडा
७ मंसिर :बाराका ४ प्रतिनिधिसभा निर्वाचन क्षेत्रको मतगणना छुट्टाछुट्टै स्थानमा भैरहेको छ । जस अनुसार एमालेले क्षेत्र नं.१ र ३ गरी २ क्षेत्रमा अग्रता बनाएको छ । क्षेत्र नं. २ मा जसपाका उमदवारले झिनो मतकासाथ अग्रता बनाएका छन् । भने क्षेत्र नंं ४ मा नेकपा (एस) अगाडी देखिएको छ ।

प्रतिनिधिसभा क्षेत्र नं.१ को कोल्हवीमा जारी मतगणनामा एमालेका उमेदवार अच्युत मैनालीले सत्ता गठबन्धनका उमेदवार एवं नेपाल सरकारका खानेपानी मन्त्री तथा नेपाली कांग्रेसका सहमहामन्त्री उमाकान्त चौधरीलाई पछाडी पारेका छन् । मैनालीले २३ हजार ११९ मत पाएका छन् भने चौधरी १८ हजार ०४० मतका साथ पछ्याई रहेका छन् ।

यस्तै क्षेत्र नं.२ को महागढीमाई नगरपालिकामा भैरहेको गणनामा जनता समाजवादी पाटीका रामशहाय यादवले स्वतन्त्र उमेदवार रामसशरोज यादवलाई पछि पारेका छन् । उनले ६ हजार ५९३ मत पाउँदा रामसरोजले ६ हजार ५५७ मत पाएका छन् । सत्ता गठबन्धनको माओवादीका शिवचन्द्र प्रसाद कुशवाहाले ५ हजार ६०२ साथ पछ्याई रहेका छन् ।

यस्तै क्षेत्र नं.३मा नेकपा एमालेकी उमेदवार एवं पूर्वमन्त्री ज्वालाकुमारी अगाडी देखीएकी छन् । उनको जसपाका उमेदवार पूर्व साँसद रामबाबु कुमार यादवसँग कडा प्रतिश्पर्धा देखिएको छ । घण्टै पिछेको मत परिणाममा एकले अर्कालाई उछिनी रहेपनि बुधबार दिन भर भने साहले उनलाई दवावमा पारेकी छन् । नेकपा एमालेकी ज्वाला कुमारी साहले ११ हजार ६४६ पाउँदा जसपाका यादब १० हजार २४० मत पारेको छ ।

यस्तै बारा निर्वाचन क्षेत्र नं.४ मा भने सत्ता गठबन्धनका उमेदवार कृष्ण कुमार(किसान) श्रेष्ठले अग्रता बनाएका छन् । उनलाई एमालेका एकवाल मियाँले पछ्याई रहेका छन् । नेकपा (एकिकृत समाजवादी) का श्रेष्ठले ६ हजार २५५ मत एमालेका मियाँलाई पछाडी पारेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय