नवराज घिमिरे
९ मंसिर , बारा: क्षेत्र नं. ३ बाट प्रतिनिसिसभा सदस्यमा नेकपा एमालेकी उम्मेदवार ज्वालाकुमार साह निर्वाचित भएकी छिन् । पूर्वमन्त्री समेत रहेकी साह २ हजार ९ सय ८२ मतको फराकिलो मतान्तरले निर्वाचित भएकी हुन् ।

एमाले पोलिटव्युरो सदस्य समेत रहेकी साहले २० हजार २ सय ५१ मत प्राप्त गर्दा उनको निकटतम प्रतिस्पर्धी रामबाबु कुमार यादवले १७ हजार दुई सय ६९ मत प्राप्त गरेका छन् ।

जनता समाजवादी पार्टी नेपालका मधेस प्रदेश अध्यक्ष समेत रहेका यादव २०७४ सालको निर्वाचनमा यस क्षेत्रबाट निर्वाचित सांसद हुन् । यादवलाई पराजित गरेकी साह भने २०७४ सालको निर्वाचनमा ३(१) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएकी थिईन् ।

यस क्षेत्रमा गठबन्धनको तर्फबाट लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार लालबाबु सिंहले ११ हजार नौ सय ६४ मत प्राप्त गरेका छन् । त्रिपक्षीय भिडन्तमा साहले जित हासिल गरेकी हुन् ।

साह बाराबाट निर्वाचित हुने एक मात्रै महिला सांसद हुन् । मधेस प्रदेशको सबै जिल्ला र क्षेत्रमा तालमेल गरेको एमालेले बारा ३ मा भने जसपासंग मित्रवत प्रतिस्पर्धा गर्ने निर्णय गर्दै साहलाई उम्मेदवार बनाएको थियो ।

बारा ३(क) मा एमालेका उम्मेदवार रविन्द्रदास श्रेष्ठ बिजयी

बारा क्षेत्र नं. ३(१) को प्रदेशसभा सदस्यमा नेकपा एमालेका उम्मेदवार रविन्द्रदास श्रेष्ठ निर्वाचित भएका छन् । श्रेष्ठ आठ सय ८६ मतको मतान्तरले निर्वाचित भएका हुन् । श्रेष्ठले आठ हजार एक सय ९५ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्धन्दी मुकेश साहले सात हजार तीन सय ९ मत प्राप्त गरेका छन् ।

यस क्षेत्रमा जनता समाजवादी पार्टीका उम्मेदवार भरतबहादुर खड्काले पाँच हजार सात सय ६ मत प्राप्त गरे । श्रेष्ठको जितसंगै बारामा एमालेले दुई वटा प्रदेशसभामा जित हात पारेको छ । यसअघि बारा ४(१) मा देवनारायण चौधरी निर्वाचित भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय