पुष्पराज खतिवडा
११ मंसिर,बारा: क्षेत्र नं.३ को समानुपातिक मत गणना सम्पन्न भएको छ । प्राप्त परिणाम अनुसार प्रतिनिधी सभा समानुपातिक निर्वाचन प्रणालीका लागि नेकपा एमालेले सबै भन्दा धेरै मत पाएको छ ।
भने सबैभन्दाकम राष्ट्रिय नागरिक पार्टीले मत प्राप्त गरेको छ । एमालेले प्रतिनिधिभा तर्फ १४ हजार ९७३ मत प्राप्त गर्दा उसले एकमत मात्रै पाएको छ । चङ्गा चुनाव चिन्ह लिएर राष्ट्रिय नागरिक पार्टी चुनावी प्रतिस्पर्धामा थियो ।
यस्तै नेपाली काँग्रेसले ९ हजार ५८५ प्राप्त गर्दा नेकपा माओवादीले ४ हजार ६०९ पाएको छ । एमालेपछि दोस्रो स्थानमो मत जनता समाजवादी पार्टी(जसपाले) पाएको छ । उसले १२ हजार ६९८ पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
सिके राउत नेतृत्वको जनमत पार्टीले ५ हजार २२५, राष्टिय प्रजातन्त्र पार्टीले १ हजार ८१३, लोकतान्त्रीक समाजवादी पार्टी(लोसपा)ले १ हजार ४२९ र नेकपा (एकिकृत समाजवादी)ले ९८३ पाउँदा राष्ट्रिय स्वतन्त्रपार्टीको गोलाकार भित्रको घण्टीले ५ हजार ९५ समानुपातिक मत पाएर क्षेत्रमा चौथो स्थान बनाएको छ ।
यसैगरी नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादीले ३ , मौलिक जरोकिलो पार्टी ८ मत प्राप्त गरेको छ । माओवादी समाजवादी महिलापुरुष र जरोकिलोपार्टी किर्बोड सहितको कम्प्युटर चिन्ह लिएर चुनावी प्रतिस्पर्धामा थिए । यस्तै तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) ले ५, नेस्नलिष्ट पिपल्स पार्टीले २ ,नेपाल कम्युनिष्ट पार्टी परिवर्तनले २९, बहुजन शक्ति पार्टीले १३, विवेकशिल शाझा पार्टीले ११० मत प्राप्त गरेको छ ।
यस्तै क्षेत्र नं.३ बाट नागरिक उन्मुक्ती पार्टीले २ हजार ११ मत पाएको छ । नेपाल मजदुर किसान पार्टीले यो क्षेत्रमा २५८, राष्ट्रिय जनमोर्चाले ३९५, नेपाल समावेशी पार्टी १६३, हाम्रो नेपाली पार्टीले ९३३ र जनता प्रगतीशिल पार्टीले ३१ मत पाएका छन् ।
सोही आधारमा अन्य साना दलले समेत प्रतिनिधिसभा समानुपातिक मत पाएका छन् । यस क्षेत्रमा ४७ वटा पार्टी चुनावी मैदानमा थिए । यो क्षेत्रमा १ लाख ४ हजार ८९५ मतदाता छन् ।जम्मा ६७ हजार ३५० मत खसेकोमा ६४ हजार ४३२ सदर हुँदा २ हजार ९१८ मत बदर भएको ३ नं. क्षेत्रीय निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
सोही आधारमा प्रदेशसभामा समेत पार्टीहरुले मत पाएको क्षेत्रीय निर्वाचन अधिकृत पूर्णश्वर प्रसाद उपाध्यायले जानकारी दिए । उनका अनुसार प्रदेश समानुपातिक मतका आधारमा १४ हजार ६०७ मत पाएर एमाले पहिलो बनेको छ । यस्तै जनता समाजवादी पार्टीले १२ हजार ९२३ मत पाएर दोस्श्रो स्थानमा छ, भने नेपाली काँग्रेस ७ हजार ९३८ मतका साथ तेस्स्रो स्थानमा रहेको छ ।
बारा क्षेत्र नं. ३ मा प्रत्यक्ष पहिलो हुने प्रणाली अन्तरगत प्रतिनिधिसभामा एमालेकी ज्वालाकुमारी साह, प्रदेशसभा ३(१) र ३(२) मा क्रमश एमालेकै रविन्द्रदास श्रेष्ठ र मोहम्मद समिर निर्वाचित भएका छन् ।