१२ मंसिर ,बारा :सवारी दुर्घटनमा परि एक ४० बर्षिय महिलाको मृत्यु भएको छ । निजगढ नगरपालिका वडा नं.१ नमुना बस्ती बस्ने पुर्ण बहादुर घिसिङको पत्नी ४० बर्षकी सानुमाया घिसिङ अटोको ठक्करबाट आईतबार विहान मृत्यु भएको हो ।

उनको न्युरो हस्पिटल बिरगंजमा उपचारका क्रममा आईतबार विहान १०ः१५ बजेको समयमा मृत्यु भएको प्रहरीले जनाएको छ । गत विहिबार सो पालिकाको वडा नं. ९ ठाडोलाईन सडक खण्डमा प्र.२–०३–००१ ह ४३३ न.को अटोले घिसिङलाई ठक्कर दिएको थियो ।

अटोको ठक्करबाट गम्भीर घाईते भएकी घिसिङलाई उपचारका लागि विरगजं पठाईएकोमा उपचार हुन नसकेपछी ज्यान गएको बारा प्रहरी प्रवक्त डिएसपी राजेश थापाले जानकारी दिए ।

४० बर्षिय घिसिङलाई ठक्कर दिने अटो र सोका चालक निजगढ न.पा.८ बस्ने बर्ष २५ को लोक बहादुर आले मगर नियन्त्रणमा लिई अनुसन्धान भैरहेको डिएसपी थापाले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय