१४ मंसिर, बारा : सिमराका दल बहादुर थापा मगरको परिवारले ४ लाख ८१ हजार ६ सय ५६ रुपैयाँ पाएका छन् । मंगलबार बिहान दाबी भुक्तानीको रकमको चेक स्वर्गीय मगरकी पत्नी निलजा श्रेष्ठ थापा मगर र छोरा दुर्लभ थापा मगरका हातमा प्रदान गरिएको होे ।

एशियन लाइफ इन्सोरेन्स कम्पनीको हेटौंडा शाखाले दल बहादुरको मृत्यु दावी वापतको रकमको चेक परिवारलाई दिएको हो । जीतपुरसिमरा उपमहानगरपालिका–२ बस्ने मगरको गत कात्र्तिक ७ गते असामयिक निधन भएको थियो ।

मृतक मगरको परिवारले मंसिर १ गते आवस्यक कागजात सहित बिमा दाबी गरेको शाखा प्रबन्धक हिरालाल श्रेष्ठले बताए । अप्ठ्यारोमा साथ होला भनेर गरिएको विमा रकम समयमै परिवारको हातमा पुर्याउने उद्देश्य अनुरुप दाबिको २ हप्ता नवित्दै घरैमा पुगेर भुक्तानी गरेको उनको दावी छ ।

स्वर्गीय मगरले ३ लाख बिमांकको बिमा गरेर १० किस्ता मात्रै तिरेकोमा कम्पनीेले बीमाङ्क रकममा बोनस थपेर भुक्तानी गरेको हो । चेक हस्तान्तरण गर्दै जीतपुरसिमरा २ का वडाध्यक्ष धन बहादुर श्रेष्ठले अभिभावक गुमाएको पिडाका विच आर्थीक रुपमा सहयोग प्राप्त हुनु सराहनिय विषय भएको बताए ।

बिमा रकम लिन लामो प्रकृया र झंझट वेहोर्नु पर्ने चर्चा सुनिने गरेको कुरा झुटो बनाउँदै एशियन लाइफले समयमै घरमा ल्याएर भुक्तानी गरेको विषयले आफुलाई समेत प्रभाव पारेको उनको भनाइ छ ।

त्यस्तै सिमरा कलेजका प्रमुख सालिक राम अधिकारीले एक व्यक्ति एक बिमा आवश्यक रहेको औंल्याए । कार्यक्रममा वरिष्ठ सिनियर बिमा एड्भाइजर राजु साह, अभिकर्ता कृष्ण प्रसाद आचार्य, रामेश्वर बास्कोटा, बिमु खनाल लगायतको उपस्थित रहेको थियो ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय