१५ मंसिर , बाराको कोहल्बी नगरपालिका वार्ड नं. ११ रामपुर्वामा एकजनाको हत्या गरी गाडेको अवस्थामा शव फेला परेको छ । स्थानीय ४० वर्षीय परिक्षण चौधरीको शव बुधवार गाडेको अवस्थामा फेला परेको हो ।
प्रहरीले हत्या आरोपमा स्थानिय एक बालकलाई पक्राउ गरेको छ । उनको नाम गोप्य राख्दै विहिबार जिल्ला प्रहरी कार्यालय बारामा पत्रकार सम्मेलनको आयोजना गरी घटना बारे जानकारी गराएको हो ।
मृतक चौधरी विहिवार साँझबाट हराइरहेका थिए । उनको खोज तलाश गर्ने क्रममा स्थानीयले शव गाडिको स्थान ओेरपर रगत लतपतिएको देखेपछि शव गाडिएको हुनसक्ने आंशका गरी प्रहरीलाई खबर गरेका थिए ।
मृतककै घरदेखी पूर्व तर्फ गोठ र पोखरिको बिचमा खाल्डो खनी पुरिएको अवस्थामा शव भेटिएको थियो । प्रहरीले उत्खनन् गरि निकालेको शव परिक्षण गर्दा टाउकोमा धारिलो हतियार प्रहार गरी हत्या गरेको जस्तो देखिएको बाराका प्रहरी प्रमुख एसपी होबिन्द्र बोगटीले जानकारी दिए ।
उनका अनुसार पक्राउ परेका बालक बारम्बार मृतकको घरमा आईरहन्थे । मंगबार दुवै मिलेर मेला हेर्न भन्दै कतै गए र बेस्सरी मदिरा पिए । मदिराले मातेका दुबैजना फर्कने क्रममा गाउँनजिकै खुल्ला ठाउँमा मृतकले बालकलाई अप्राकृतिक मैथुन गरेछन् ।
प्रतिकार गर्ने क्रममा बालकले बाँसको भाटाले प्रहार गर्दा उनको मृत्यु हुन गयो । त्यसपछि गाउँले थाहा पाउलान् भनेर बालकले आफ्नै घरबाट कोदालो ल्याई खाल्डो खनेर पुरेको अनुसन्धानबाट खुलेको बोगट्टीले बताए ।
घटनाका बारेमा थप अनुसन्धान भइरहेको एसपी बोगटीले बताए । शवलाई पोस्टमार्टम गर्न कलैया स्थित प्रादेशिक अस्पतालमा राखिएको उनले बताए ।