सिमरा: नयाँ गोरेटो पुर्नस्थापना केन्द्र बाराले विश्व एड्स दिवसको अवसरमा दीप प्रज्वल गरेको छ । जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. २ स्थित केन्द्र परिसरमा दीप प्रज्वलन गरेको हो ।

‘एड्स अन्त्यका लागि समानताको सुनिश्चितता’ भन्ने नारासहित यो वर्ष ३५औं विश्व एड्स दिवस मनाइएको छ । दिवसकै अवसरमा केन्द्रले सिमरास्थित न्यु एकता पब्लिक इङ्लिस स्कुलमा एच आइ भि एड्स का बारेमा सचेतना जगाउन अन्तक्र्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

विद्यालयमा अध्ययनरत विद्यार्थीलाई लागुऔषधको प्रयोगबाट एड्स हुनसक्ने बारे सचेत गराइएको हो । यसअघि पुर्नस्थापना केन्द्रमा उपचार गराईरहेका प्रयोगकर्ताबीच हाजिरीजवाफ, नृत्य, गायनलगायतको कार्यक्रम समेत गरिएको केन्द्रका बबिन सुब्बाले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय