निराज रानाभाट , बुटवल , रुपन्देही : आउँदाे पुसमा रुपन्देही जिल्लाको बुटवलमा औद्योगिक प्रदर्शनी हुने भएको छ । रुपन्देही उद्योग संघ बुटवल , नेपाल उद्योग परिसंघ र नेपाल उद्योग परिसंघ लुम्बिनीको संयुक्त आयोजनामा आउँदाे पुसको ०७ गतेदेखि १९ गतेसम्म ‘ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि प्रविधि तथा पर्यटन महोत्सव ’ गर्न लागिएको हो ।

‘ समृद्ध नेपाल निर्माणको आधार , स्वदेशी उद्यमशिलताको विस्तार ’ भन्ने नारा सहित गर्न लागिएको यो १५ औं संस्करणको औद्योगिक प्रदर्शनी भएको रुपन्देही उद्योग संघका अध्यक्ष तथा प्रदर्शनी आयोजक मुल समितिका संयोजक माधवप्रसाद पौडेलले जानकारी दिए । बुटवल मण्डपमा आयोजना गरिने प्रदर्शनीको तयारीका कामहरु तीब्र रुपमा अगाडि बढाईएको पनि उनले जानकारी गराए ।

प्रदर्शनी तयारी अन्तरगत प्रदर्शनी आयोजना स्थल बुटवल मण्डपमा सचिवालय स्थापना गरिसकिएको छ र पूर्वाधार निर्माण तथा स्टल दर्ता प्रकृयाको कामहरु भईरहेको सदस्य सचिव हरिबहादुर खत्रीले बताए । संघका कार्यकारी अधिकृत यादव भण्डारीका अनुसार प्रदर्शनी सम्पन्न गर्नको लागि विभिन्न ३१ वटा विषयगत समिति गठन गरिएको छ भने हालसम्म सयभन्दा बढी स्टल दर्ता भईसकेका छन् ।

मुल समितिका सहसंयोजक दिलिप सापकोटाको संयोजकत्वमा गठित स्टल दर्ता उपसमितिका सहसंयोजक महेश थैवका अनुसार नयाँ व्यवस्थापनका साथ आयोजना हुन लागेको प्रदर्शनीमा समावेश गरिने उद्योग प्रतिष्ठानका उत्पादनहरु पनि उत्कृष्ट हुने छन् । यो प्रदर्शनीमा नयाँ उत्पादन र प्रविधिको प्रदर्शनीलाई विशेष प्राथमिकता दिईने छ । प्रदर्शनीमा करिव ४ सय स्टल राखिने र प्रकृति अनुसार छुट्टाछुट्टै पेभिलियनको व्यवस्था मिलाईने उनले बताए ।

स्वदेशी उद्योगको संरक्षण गर्नुपर्ने सन्देश आम रुपमा फैलाउनु पर्ने दायित्वसंगै उद्योगीले आफ्ना उत्पादनको उचित मूल्य र गुणस्तरीय उत्पादन उपभोक्ता माझ पुर्‍याउन एक साझा थलोका रुपमा विकास गरिएको अौद्याेगिक प्रदर्शनीमा कुनै प्रकारको कमी हुन नदिने गरि तयारीका कामहरु अगाडि बढाईएको मूल आयाेजक समितिका संयोजक पौडेलले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय