२५ मनहर्वा ,बारा:लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत एकदिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार सामुदायिक विद्यालयमा अध्ययनरत किशोरीहरुसंग अन्तरक्रिया कार्यक्रम गरिएको हो ।
जितपुरसिमरा उपमहागरपालिका वडा नं.१८ बडहर्वामा सम्पन्न कार्यक्रमको उपमहानगरपालिकाका उपप्रमुख भोलाप्रसाद अधिकारीले उद्घाटन गर्नु भएको हो ।
सभ्य समाजको पहिचान लैङ्गिक हिंसा विरुद्धको अभियान भन्ने नाराका साथ आयोजित कार्यक्रमलाई उपमहानगरकी शाखा प्रमुख दुर्गा न्यौपाने र सहायक रंजु अधिकारीले सहजीकरण गर्नु भएको थियो ।
नगर उपप्रमुख भोला अधिकारी, प्रमुख प्रशासकीय अधिकृत चेत कुमार पोखरेल, कार्यपालिका सदस्य बुद्ध कुमारी अधिकारी, पवित्रा माया कार्की, सोम माया कुमारी लगायतको कार्यक्रममा सहभागिता थियो ।